सुन्सरी,कार्तिक ७ गते – इटहरीमा बाल विवाह गरको अभियोगमा बेहुला बेहुलीसहित ४ जनालाई वाल विवाह मुद्दा चलाइएको छ । इटहरी २ स्थित हवाई चौकमा १७ बर्षिया बालिकाको सन्दिप रसाइलीसँग बाल विवाह गरेको अभियोगमा बेहुला सन्दिप, बेहुली, बेहुलाको बुवा कालु बहादुर रसाइली र बेहुलीको आमा सेविका दर्नाललाई पक्राउ गरि मुद्दा चलाइएको हो । इलाका प्रहरी कार्यालय इटहरीले ४ जनालाई असोज २५ गते विवाह मण्डपबाट पक्राउ गरेको हो ।
४ जना उपर सुनसरी जिल्ला अदालतबाट वाल विवाह मुद्दामा दिन ५ म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ




















