काठमाडौं,कार्तिक ८ गते  । पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ६५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक  डम्बर विश्वकर्माले जानकारी दिए ।

सोमबार फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख. ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीसाधनलाई ओभरटेक गर्नेक्रममा सडकको डिलबाट १० मिटर तल खोंचमा खसेको प्रहरीले जनाएको छ