कास्की,कार्तिक ८ गते - पोखरा महानगरपालिकाका छुटा छुटै ठाउँ बाट अवैध लागूऔषध सहित दुई पक्राउ को छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका ३ वालसिंह बस्ने १८ वर्षिय किशोर र रुपा गाउँपालिका(१ थुम्की बस्ने २५ वर्षीय किसान श्रेष्ठ रहेको छ । पोखरा महानगरपालिका ३२ मजुवा नाकाबाट १ केजी ५ सय ग्राम अवैध लागूऔषध चरेस सहित १८ वर्षिय किशोरलाई आइतबार दिउँसो र पोखरा महानगरपालिका(३० पावरहाउस स्थितबाट २ केजी का अवैध लागूऔषध गाँजा सहित रुपा गाउँपालिका(१ थुम्की बस्ने २५ वर्षीय श्रेष्ठलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले बा।२६ प ४९९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक किशोरलाई चरेस सहित पक्राउ गरेको छ भने ग.१ ख. ७४०१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार श्रेष्ठलाई गाँजा सहित पक्राउ गरेको हो ।
थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ




















