काठमाडौं,कार्तिक ८ गते काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सिनामंगलको एक होटलबाट उनीहरुलाई सोमबार बिहान पक्राउ गरेको सीआइवीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।
उनले भने होटलमा विदेश नागरिक लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा छापा पार्दा उनीहरु पक्राउ परेका हुन्। अहिले सोधपुछ भइराखेको छ।




















