X wada

राष्ट्रिय

    Showing १११-१२० of १,००२ items.
  • सप्तरीका वडाअध्यक्ष ५० हजार घुससहित नियन्त्रणमा

    सिरहा,जेठ २४ गते । सप्तरीमा ५० हजार घुस सहित एक वडा अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले पक्राउ गरेको छ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं४ ५ का वडाअध्यक्ष सब्दुल मियाँ ५० हजार रुपियाँ घुससहित नियन्त्रणमा परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले वडाअध्यक्ष मियाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • ३०२ पटक पढिएको
  • नक्कली नोट सहित एक जना पक्राउ

    पर्सा, जेठ २१ गते । नेपाल प्रहरीले वीरगंज महानगरपालिका–१६ नगवा चोकबाट नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।वीरगंज महानगरपालिका १६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली नेपालीसर्लाही बरहथवा नगरपालिका वडा नं.५ रामजानकी टोल बस्ने ३० वर्षीय रामबिश्वास महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरी आवश्यक अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • ३२७ पटक पढिएको
  • पाँच वर्षपछि संसारी माई महापूजा हुने

    महेशकुमार दास जलेश्वर, जेठ ९ गते । जलेश्वरमा पाँच वर्षपछि धूमधामकासाथ मनाउन गइरहेको संसारी माई महापूजामा गरिने बलिप्रदानको लागि चिराकी शुल्क तोकिएको छ । यसका साथै जेठ १० गतेदेखि चिराकी शुल्क बापतको रसिद काट्ने काम सुरु हुने संसारी माई महापुजा मूल समारोह समितिका अध्यक्ष अशोक साहले बताउनुभएको हो । संसारी माई महापूजामा बली प्रदानका लागि बोकाको चिराकी शुल्क प्रतिथान तीन सय ५० रुपियाँ, परेवा, हाँस र मुर्गाको चिराकी प्रतिथान एक सय रुपियाँ शुल्क तोकिएको अध्यक्ष साहले बताउनुभयो ।  संसारी माई महापुजा मूल समारोह समिति अध्यक्ष साहका अनुसार यही जेठ १० बुधबारदेखि चिराक बापतको रसिद काट्न

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • ६२९ पटक पढिएको
  • सार्वजनिक बाटो बन्द हुँदा आवतजावतमा समस्या

    सप्तरी, जेठ  ६ गते । सप्तरीको महादेवा गाउँपालिका वडा नं। १ सोनरामा सार्वजनिक बाटो बन्द भएको कारण आवतजावत समस्या भएको छ । वडाध्यक्ष जयश्वर किशोर दासले केहि चासो न देखाएको भन्दै त्यहाँका बासिन्दाले आक्रोश जनाएको हो ।सार्वजनिक बाटो बन्द गर्दा पनि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले अरूको समस्या जानेरसमेत बाटो न खोलेको भन्दै त्यहाँका बासिन्दाले गुनासो पोखेका छन्। गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल, उपाध्यक्ष अर्चनाकुमारी यादव, वडाध्यक्ष जयश्वर किशोर दास आफैंले बाटो खोल्नु पर्नेमा अरु पक्षसँग वार्ता गरी निकास निकालेका छैन । सार्वजनिक बाटो बन्द गर्न गाउँपालिकाकै एक व्यक्तिले ग

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • ३२७ पटक पढिएको
  • जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी

    काठमाण्डौ,जेष्ठ २ गते । सरकारको नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा सो जानकारी दिएका हुन् ।प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । सो भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो ।भेटमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु ।’संसद् सञ्चालनका लागि सभामुख घिमिरेले सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले सह्र

    • प्रकाशित मितिः जेठ २, २०८०
    • १८३ पटक पढिएको
  • रायमाझीलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगियो

    काठमाण्डौ,जेष्ठ १ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले  सरकारी वकिलको कार्यालयमा लगेको छ ।आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस  गर्ने प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको हो ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर, त्यसयता टोपबहादुर फरार थिए, छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् ।अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान

    • प्रकाशित मितिः जेठ १, २०८०
    • १७५ पटक पढिएको
  • रायमाझी पक्राउ परेको सूचना संसदमा पुगेन

    काठमाण्डौ,जेष्ठ १ गते । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप लागेपछि उनी पक्राउ परेका हुन्।आइतबार नै उनी पक्राउ परेको भएपनि त्यस सम्बन्धी सूचना संसद सचिवालयले औपचारिक रुपमा प्राप्त नगरेको  संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।‘सूचना प्राप्त भएपछि प्रतिनिधिसभामा सुनाइन्छ’ प्रवक्ता गिरीले भने। प्रतिनिधिसभा नियमावली २०७९ अनुसार कुनै पनि सांसद पक्राउ परेपछि लगत्तै संसदमा त्यसबारे सूचना दिनुपर्ने हुन्छ।‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सद

    • प्रकाशित मितिः जेठ १, २०८०
    • १९९ पटक पढिएको
  • कटर मेशिन सहित काठ बरामद

    सिरहा,बैशाख ३० गते । डिभिजन वन कार्यालय सिरहा,लहानले अबैध रुपमा लुकाई छिपाई राखेको साल काठ सहित कटर मेशिन बरामद गरेको छ ।डिभिज वन कार्यालय सिरहा,लहान र सब डिभिजन वन कार्यालय लहानका वन कर्मचारीहरु अधिकृत देबेन्द्र पासवानको कमाण्डमा खटिएको गस्ती टोलीले लहान न.पा. वडा नं. १९ कटहा स्थित अरुण यादबको घरमा झायल बनाउदै गरेको अबस्थामा २ थान झयाल,५ थान चौकस १ थान कटर मेसिन सहित अन्दाजी १ लाख बराबरको समान र काठ बरामद गरेका जमदार लखन झाले  बताए ।बिशेष सुरारकको अधारमा खटिएको गस्तीटोलीले उक्त परिमाणको काठ बरामद गरी आवश्यक अनुसंधान भई रहेको डिभिजनल वन अधिकृत शैलेन्द्र कुमार मिश्रले बताए ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • ६३९ पटक पढिएको
  • सीआईबीले लग्यो सिंहदरबारको सीसीटिभी फुटेज

    काठमाण्डौ,बैशाख २९ गते । नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी बिरामी भएको भन्दै बिदा स्वीकृतिका लागि सभामुख समक्ष निवेदन बुझाउन जाने व्यक्तिको पहिचान गर्न खोजेको छ।त्यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद सचिवालयको सीसीटिभी फुटेज नै लिएर गएको छ ।संसद सचिवालयका अधिकारीहरुका अनुसार वैशाख २५ गते टोपबहादुर रायमाझी बिरामी भएकाले प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन नसकेको भनी बिदा स्वीकृतिका लागि एक जना व्यक्तिले सभामुखको सचिवालयमा पुगेर निवेदन दिएका थिए ।संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी सिआइबीले संसद् सचिवालयबाट सीसीटिभी फुटेज लगेको प

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • २८७ पटक पढिएको
  • शरणार्थी प्रकरण : संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राप्रपाले गरे माग

    काठमाण्डौ,बैशाख २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायतका नेताहरु सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।लिङ्गदेनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘ राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई  कुनै पनि बाहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिसको विरुद्धमा छ।तसर्थ अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबा

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • १४४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२