काठमाडौं,असोज २५ । बुधवार देखि अस्पताल भर्ना भएका उपराष्ट्रपति राम सहाय यादवलाई डेंगु संक्रमण भएको पुष्टी भएको छ ।

उनका निजी जिकित्सक शिवजी सिलवालका अनुसार  बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका उपराष्ट्रपति यादवको स्वास्थ्यमा तुलनात्मक सुधार भएको जनाएको छ ।

उपराष्ट्रपतिको निवासमै उपचार गरिरहे पनि ठिक नभएपछि सिभिल अस्पतालमा भर्ना गरिएको थियो ।

उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक शिवजी लम्सालसहितको टोलीले गरिरहेका निजी चिकित्सक लम्सालले का अनुसार अहिले किड्नी फङ्सन टेष्टको रिपोर्ट राम्रो रहेको र बान्तारज्वरो दुबै कन्ट्रोल भएको जानकारी दिए ।

तर प्लेटलेट्स घटिरहेकाले केही दिन अस्पतालमै राखेर उपचार गरिने उनले बताए । उनले भने, ‘अरु कुरा कन्ट्रोलमा रहे पनि आज बिहानसम्म पनि प्लेटलेट्स घटेकै देखिएकाले एक–दुई दिन अस्पतालमै राखेर हेर्छौं ।’