काठमाण्डौ,असोज १८ गते । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा शुक्रबार भूकम्प प्रभावित जिल्ला बझाङको अवलोकन गर्ने निर्णयसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवलोकनका लागि भूकम्प प्रभावित जिल्ला बझाङ जाने हुनुभएको छ ।     

प्रधानमन्त्रीसँगै परिषद्को अध्यक्षको नाताले बझाङमै गएर भूकम्पले पुर्याएको क्षतिको बारेमा प्रत्यक्ष अवलोकन गर्ने मनसायले प्रधानमन्त्री बझांग जान लागेको स्रोतले जानकारी दिएको छ ।  

भूकम्पबाट प्रभावित भएका बझाङ र आसपासञरमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनका लागि प्रधानमन्त्री प्रचण्डले सम्बन्धित निकायलाई समन्वय गरेर काम गर्न यस अघि निर्देशन दिइसक्नुभएको छ ।