काठमाडौं, कात्तिक २ गते । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारि भ्रमण गर्नुहुने भएको छ ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको कात्तिक १२ देखि १५ गतेसम्म हुने नेपालको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार असोज २४ गते र आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सो कुराको जानकारी दिनुभयो हो ।

यसैगरी, बैठकले असोज २७ गते भएको मनाङ एअरको विमान दुर्घटनाको जाँचबुझ गर्न गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) गठन भएको समितिलाई कार्यादेश दिने निर्णय भएको उहाँले बताउनुभयो ।

मन्त्री शर्माले ‘‘असार १२ गते बसेको मन्त्रिपरिषद्को निर्णयनुसार मनाङएअरको ९ एन–एएमभि कलसाइन रहेको हेलिकोप्टर दुर्घटनाको जाँचबुझ गरी प्रतिवेदन पेश गर्न गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली २०७१ को नियम १० बमोजिम गठन भएको समितिलाई मनाङ एअरको २०८० असोज २७ मा भएको दुर्घटना ९एन–एएनजेको समेत जाँचबुझ गर्न कार्यादेश दिने ।’’ निर्णय भएको बताउनुभयो ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले अन्य विभिन्न ३२ वटा निर्णय गरेको छ ।


गोरखापत्र अनलाईन बाट