काठमाण्डौ, असोज ३० गते । वजारमा अधिक तरलता भएका कारण बैंकहरले कार्तिक १ गते देखि लागु हुने गरी निक्षेप व्याजदर घटाएका छन् ।

कात्तिकमा चाडपर्वले गर्दा बैंकिङ कारोबार कम हुने समय भएकोले अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् ।

भदौ र असोजमा अन्य बैंकको तुलनामा कम ब्याजदर भएको नेपाल एसबीआई बैंक र एनएमबि बैंकले सीडी रेसियोमा केही दबाब बढेपपछि निक्षेपको ब्याजदर बढाउँदा एनआईसी एशिया बैंकले पनि कात्तिकमा निक्षेपको ब्याजदर सामान्य बढाएको छ ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम् ब्याजदर घटाएका छन् । चारवटा ४ वटा बैंकले भने असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन् । माछपुच्छ्रे बैंकले साउनदेखि नै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ब्याजदर ९.९९ प्रतिशतलाई नै निरन्तरता दिएको छ ।

कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा हिमालयन बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले ११.००३ प्रतिशत ब्याजदर दिने भएका छन् । असोजमा हिमालयन बैंकको ११.०५४ प्रतिशत ब्याजदर थियो भने एनआईसी एशिया बैंकको १०.८९६ प्रतिशत र एनएमबि बैंकको ९.९९ प्रतिशत ब्याजदर थियो ।

कात्तिकमा सबैभन्दा कम ब्याजदर भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.२२ प्रतिशत बयाजदर प्रस्ताव गरेको छ ।

असोजमा बैंकको ९.२९ प्रतिशत ब्याज थियो । यस्तै सानिमा बैंकले ९.२२४ प्रतिशत, प्रभु बैंकले पनि ९.२२४ प्रतिशत, नेपाल बैंकको पनि ९.२२४ प्रतिशत र एभरेष्ट बैंकको पनि ९.२२४ प्रतिशत नै ब्याजदर प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई निक्षेपको ब्याजदर प्रकाशित गर्दा अघिल्लो महिनामा सोही वर्गका बैंकहरूले मुद्दती निक्षेपमा दिएको अधिकतम् ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।

सोही अनुसार भदौमा वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिएको अधिकतम् ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले तलमाथि गर्न पाउने भएर बैंकहरूले सीमाभित्र रहेर ब्याजदर प्रकाशित गरेका हुन् । राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ब्याजदरभन्दा २ प्रतिशत बिन्दुले कम गर्नुपर्ने व्यवस्था गरेको छ ।

व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ब्याजदर र बचतको न्यूनतम् ब्याजदरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।