काठमाण्डौ,माघ ४ गते । स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित वीरगञ्जमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वीरगञ्जको नगवाका ३४ वर्षे विकास साह र मनियारी बस्ने सुवासकुमार साह रहेका प्रहरीले जनाएको छ ।प्रहरीले उनीहरुको साथबाट ५०० र १००० दरका साढे २२ लाख रुपैयाँ नगद, मोबाइल र भारती नम्बरको स्कुटर बरामद गरेको छ ।वीरगञ्जको घण्टाघर नजिकै शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई रोकेर सोधपुछ गर्दा रकम फेला परेको थियो ।त्यो रकम हुण्डीको भएको आशंकामा उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अनलाईन खवर बाट
काठमाण्डौ,माघ ४ गते । नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनको विषयमा सरकारमा सहभागी नभएका दलहरुसँग छलफल गर्ने भएको छ ।बुधबार कांग्रेसले छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो संसदीय दलको कार्यालयमा बोलाएको छ ।कांग्रेसले सभामुखमा आफ्नो उम्मेदवार उठाउने र उपसभामुखमा सरकारमा सहभागी नभएका कुनै दलका उम्मेदवारलाई समर्थन गर्ने तयारी गरेको छ । सरकारमा सहभागी नभएका दलहरुलाई बैठकमा बोलाएको र उनीहरुको छलफलबाट उपसभामुखको उम्मेदवार तय गर्ने कांग्रेसका एक नेताले जानकारी दिए
अनुभक्त चौधरीसिरहा,माघ ४ गते । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ बल्टियामा सिंचाईको लागि करिव एक करोडको लागतमा साढे तीन किलोमिटर पक्की लाईनिंग (पैनी) निर्माण भएको छ । मधेश प्रदेश सरकार अन्तर्गत भौतिक मन्त्रालयको आर्थिक वर्ष २०७८।०७९ को बजेटबाट सिरहास्थित सिंचाई विकास डिभिजन कार्यालय मार्फत् कमला उत्तराहनी क्यानलमा उक्त पक्की लाईनिंग निर्माण भएको हो । पक्की लाईनिंग निर्माणले कर्जन्हा नगरपालिका वडा नं. १ देखि ३ वडासम्मका करिव तीन सय विघा खेती योग्य जग्गा सिंचित भएको स्थानीय रामेश्वर धामी बताउँछन् । अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका त्यस भेगका कृषकलाई पक्की लाईनिंग निर्माणले समयम
धनुषा,माघ ३ गते । ठगी आरोपमा प्रहरीले धनुषाको न्यू सुनवर्षी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवनारायण यादवलाई पक्राउ गरेको छ ।उनीविरुद्ध कुभोलिया देवी यादवको जाहेरीले ठगी मुद्दामा उजुरी दिएकी थिइन् । यादवविरुद्ध जिल्ला अदालत धनुषाले पुस २९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।यादवलाई जनकपुर उपमहानगरपालिका–२ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । यादवलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।अनलाईन खवरबाट
धनुषा,माघ ३ गते । मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।मंगलबार प्रदेशसभामा भएको सभामुखको निर्वाचनमा रामचन्द्र निर्वाचित भएका हुन् । मत विभाजन एवं हस्ताक्षर मार्फत भएको निर्वाचनमा रामचन्द्रको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको छ । आज सदनमा एकसय ३ सांसद उपस्थित थिए ।मण्डल निर्वाचित भएको सभाका अध्यक्षता गरेका जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले घोषणा गरेका हुन् ।रामचन्द्रलाई सत्ता गठबन्धन घटक दल नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी
काठमाण्डौ,माघ ३ गते । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जनमत पार्टीले पाउने पूर्वसहमति कार्यान्वयन नभएको भन्दै शपथ ग्रहणमा गएनन् अब्दुल खान ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उद्योग मन्त्रालयबारे कुरा टुंगिए पनि आफूहरुलाई जानकारी नै नगराई उनी पछि हटेको आरोप जनमत पार्टीले लगाएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यति बेला सर्वदलीय बैठक बसिरहेको छ । असन्तुष्ट जनमत पार्टीका अध्यक्ष सीके राउत त्यसमा सामेल छैनन् ।जनमत पार्टीका नेताहरुले काठमाडौंमा मात्रै नभई मधेश प्रदेशमा समेत आफूहरुसँगको सहमतिबाट सत्ता नेतृत्वकर्ता एमाले र माओवादी केन्द्र पछि हट्ने सन्देह मिलेको अनलाइनखबरसँग बताए
अनुभक्त चौधरीसिरहा,माघ ३ गते । वर्षाको समयमा पानीको भेलले कटानको सम्स्या झेल्दै आइरहेका सिरहा स्थित लहान नगरपालीका वडा नं. १० खुट्टी खोलामा मधेश प्रदेश सरकारको २५ लाखको लागतमा स्पर निर्माण भएपछि ग्रामीण चौक आसपासका वस्ति जोगिएको छ ।मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सिरहा मार्फत आर्थिक वर्ष २०७८/०७९ को वजेटले खुट्टी खोलामा चार वटा स्पर निर्माण भएपछि सो समस्या हटेको स्थानीय वताउँछन् । खुट्टी खोलाको भेलले वर्षेनी कटान भईरहदा ग्रामिण चौकको पश्चिम भागको वस्ति जोखिममा पर्दै आएको थियो । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको
सिरहा,माघ २ गते । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद मुल नाराका साथ शुरु भएको फुटवल टुर्नामेन्टमा सप्तरीको सिसुवारी फुटवल क्लवले नवाेबुध्द फुटवल क्लव मझाैलाई एक को विरुद्ध दुई गोलले जित हसिल गरेको छ ।लहान नगरपालिका वडा नं. ११ स्थित पिडरबोनी फुटबल क्लव सिरहाद्वारा आयोजित फुटवल गोल्डकपमा विजयी भएका सिसुवारी फुटबल क्लवलाई एकाउन्न हजार नगदसहित शिल्ड प्रमाण पत्र प्रदान गरिएको थियो भने खेलमा दोस्रो हुने नवाेबुध्द फुटवल टिमलाई सताईस हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । पुस २३ गते आयोजित फुटबल गोल्ड कप टुर्नामेन्टमा सिरहा र सप्तरी जिल्लाका आठ वटा टिम सहभ
अनुभक्त चौधरी सिरहा, माघ २ गते । माघी पर्वको अवसरमा आयोजित माघी महोत्सव २०७९ लाई सम्बोधन गर्दै लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले पर्यटकीय स्थल हाथीदह जाने बाटोमा करिव पचास लाखको लागतमा कालोपत्रे सडक बनाउने घोषणा गरेको छ ।लहान नगरपालिका वडा नं. १५ स्थित वानटोलमा थारु सेवा समाजद्वारा आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै मेयर चौधरीले पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै गएको हाथिदह जाने बाटो जिर्ण रहेकोले पर्यटकीयलाई सुविधाको लागि उक्त सडक बनाउने घोषणा गरिएको जनाउनुभयो । थारुको कला संस्कृतीको जगेर्णा गर्ने उद्देश्यले प्रत्येक वर्ष माघी पर्वको अवसरमा सिरहाको विभिन्न ठाउँमा विशेषत
शम्भु चौधरी सिरहा,माघ २ गते । सिरहाको गोलबजार न पा ९ डाँडा टोल घर भएकी सिमा कर्ण बिहे भएको करिब ४ वर्ष नबित्दै ३ बर्षे नाबालक छोरा अनुप कर्णलाई काखी च्यापेर न्याय खोज्न थालेकी छिन ।२०७५ फागुन १० मा सामाजिक परम्परा अनुसार सप्तरीको अग्निसाईर कृष्ण सावरण गाउँपालिका वार्ड नं ६ बकधुवाका पंकज कुमार कर्णसँग सामाजिक परम्परा अनुसार बिहे भएको थियो ।बिहे भएको करिब ३ महिना नबित्दै दाईजोको शिकारमा परिन सीमा कर्ण। ससुराल पक्षले दाईजो माग गर्दै आएको कारण आफूलाई अनेकन पीडा घर परिवारले दिन थालेको उनको आरोप रहेको छ ।सीमाका अनुसार आफूले स्थानिय स्तरमा गाउँ समाजमा न्यायको लागि पटक पटक माग ग
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.