नरेशचन्द्र बरबरिया /सिरहा माघ २४ गते । सिरहा नगरपालिकाको वडा न. ६ बसबिट्टाकी१४ वर्षीया नूरी खातुन र ९ बर्षिय मोहम्मद अरमान भारतको समस्तीपुरमा भेटिएका छन् । घरबाट बिहान करिब ९:३० बजेको समयमा विद्यालय जाने क्रममा वेपत्ता भएका थियो । आज भारतको समस्तिपुर बाट दुबैजनालाई सिरहा प्रहरीको पहलमा घर फर्काउने काम भएको छ । उनीहरुलाई समस्तीपुरवाट ल्याउन वडा प्रहरी कार्यालय सिरहाका इन्चार्ज राजेश यादव पुगेका छन् । केही दिन आगाडी सिरहा अन्लाईन डटकममा बालक बालिका हराएको सूचना समेत पोस्ट भएको थियो ।




















