नरेशचन्द्र बरबरिया/सिरहा 
सिरहामा सरुवा भएर आउनुभएका  प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले सिरहा जिल्लाको शान्ति सुरक्षा र सुशासन प्राथमिकतामा रहने बताउनु भएको छ।

सिरहामा  आज पत्रकारहरू संग भएको  भेटघाटको क्रममा यस्तो बताउनुभयो  सिरहामा जिल्लामा रहेको खुला बोर्डर जिल्लामा रहेको खुला बोर्डर  सीमा पारिबाट हुने लागु औषधिको कारोबारको नियन्त्रणमा न्यूनीकरणमा जोड् दिने बताएका छन । 

हरेक निकाय संग समन्वय र  सहकार्य गरि जिल्लाको शान्ति सुरक्षा, सुशासन तथा विकासको काममा यहाँहरुको  साथ र सहयोगको आपेक्षा रहेको  बताए ।

जिल्ला प्रशासन कार्यालय सिरहामा आउने सेवाग्राहीलाई सहजीकरण र सुधारका कामको थालनी गर्ने  प्रतिबद्धता  जनाएका छन । 
उहाँले मालपोत,भुमिसुधार ,यातायात लागायतमा हुने गरेको ढिलासुस्ती तथा कमी कमजोरीको समाधान गर्नका लागि सहकार्य गर्ने बताउनुभयो । उहाँले पत्रकारहरूसँग आफू निरन्तर रुपमा नै सहकार्य गर्ने पनि बताउनुभयो ।