सिरहा,माघ १० गते । सिरहाको अर्नमा गाउँपालिकाबाट एक बालिका घरपरिवारबाट सम्पर्क विहिन रहेकी छिन ।अर्नमा गापा वडा नं. ३ हर्कटाकी १२ वर्षकी चान्दनी कुमारी महतो माघ ८ गते शनिवार देखि सम्पर्क विहिन रहेकी छिन् ।चान्दनी २ देखि ३ वजेको समयमा घरबाट खेल्न निस्कीएकी र फर्केर घर नआए पछि घरपरि चिनतित्त भएका छन् ।आफनो आफन्तकोमा पनि खोजी गर्दा फेला नपरेको परिवारजनले बताउनु भयो ।शनिबार दिउसो खेल्नको लागी कालो रंगको हाफ भेस्ट र निलो नेकर लगाएको गहूँगोरो रंगकी चान्दनीकी मानसिक सन्तुलन ठिक नरहेकोेले भेटनुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा सम्पर्क नं.९८२८०९०४६०,९८०६३८५३३४ मा सम्पर्क गरि खवर गरिद
काठमाण्डौ,माघ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँगबालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।प्रधानमन्त्रीले भने, ‘‘प्रदेशहरू आफैमा स्वायत्त तह हुन्। उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ। त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन, हामीले गर्दैनौँ पनि। तर, प्रदेशका संरचना
अनुभक्त चौधरीसिरहा,माघ ९ गते । नदी र खोलाको बाढीलाई नत रोक्न सकिन्छ नत छेक्न नै । बाढीसँगै आउने गेगरानले एकै छिनमा वस्तिसँगै उब्जाउ जमिन पनि सखाप पारी दिन्छ । यस्तै भएको छ सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ र १० हुँदै बगेको गागन नदीले । उक्त नदीले वर्षेनी उक्त क्षेत्रमा उब्जाउ जमिनलाई कटान मात्रै गर्दैन बगेको खोलाले धार परिवर्तन गर्न थालेपछि उक्त क्षेत्र वरिपरका वस्ति नै जोखिममा पर्दै गएको छ । नदीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत जलश्रोत सिंचाई डिभिजन सिरहामार्फत् गागन नदीको वहावलाई परिवर्तन गर्न नदीलाई चेनेलाइजेशनको काम गरेको
धनुषा,माघ ८ गते । मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् ।उनीहरुलाई आइतबार पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।मधेश प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य थिए, दुई जना प्रवेश गरेपछि अब १८ जना हुनेछ । अनलाईल खवर बाट
अनुभक्त चौधरीमहोत्तरी,माघ ८ गते । वर्षामा आउजाउ गर्न समस्या भईरहेको बेला महोत्तरीको एकडेरा गाउँपालिका वडा नं. ६ गोनरपुरको राम जानकी पोखरीमा मधेश प्रदेश सरकारको चालिस लाखको लागतमा क्रेटिङ वाल निर्माणले स्थानिय खुसी भएका छन् ।वर्षातको याममा पोखरीको पानीले पूर्व र उत्तर पट्टीको डिल भासिदै जाँदा मधेश प्रदेश सरकार अन्तर्गत उद्योग,पर्यटन तथा वन मन्त्रालयको उक्त रकमले १५७ घन मिटर क्रेटिङ वाल संगै घाट निर्माणले आउजाउ गर्न सहज भएको र घाटले नुहाई धुवाई गर्न सहयोग पुगेको स्थानियले जनाउनु भयो ।पोखरीको दक्षिण रउत्तर डिलमा खाल्ड खुल्डि,मन्दिर र घरहरु भासिदै जाँदा क्रेटिङ वाल र घाट निर्माणले घरहरु जोगिए संगै
बर्दिबास, माघ ७ गते । जिल्ला समन्वय समिति महोत्तरीले पुस ७, १० र १३ गते क्रसर उद्योगको स्थलगत अनुगमन गरी अवैध उद्योग बन्द गर्न निर्देशन दिएको छ । समितिले लगत्तै ७ बुँदे सुझावसहित अनुगमन प्रतिवेदन जारी गरेसँगै स्थानीय तहका प्रमुख देखि अधिकांश जनप्रतिनिधिहरूमा तरङ्ग आएको छ । जनप्रतिनिधिहरू आफू चोखिन दिनहुँ जस्तै पत्रकार सम्मेलन गरी नाटकीय प्रतिक्रियाहरू दिँदै आएका छन् । बर्दिबास नगरपालिका समितिलाई नै उल्टै गलत साबित गर्ने प्रयास गर्दै पत्रकार सम्मेलन गरेसँगै जिल्ला समन्वय समिति महोत्तरीले जलेश्वरमा पत्रकार सम्मेलन गरी जनप्रतिनिधिहरू क्रसरमा संलग्न हुनु दुर्भाग्य भएको जनाएको थियो । जिम्मा पा
अनुभक्त चौधरी,धनुषा,माघ ७ गते । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ९ बेङाडावरमा अवस्थित ऐतिहासिक बेङाडावर पोखरीलाई मधेश प्रदेश सरकारले सौन्दर्यकरणका लागि विभिन्न खाले संरचनाहरु निर्माण गरिएकोे छ । मधेश प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रालय अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालय लहान मार्फत् करिव ४४ लाखको लागतमा घाट निर्माण, कम्पाउण्ड वाल, सोलार लाईट, कुर्सी लगायतका संरचना निर्माण गरिदिएपछि वर्षौ पुरानो रहेको पोखरी सौन्दर्यकरणसँगै संरक्षण समेत भएको हो । पौराणिक भनाइ अनुसार उक्त ठाउँमा बेंग नै बेंग अथवा (भ्यागुता नै भ्यागुताको वास रहेकाले उक्त ठाउँलाई बेंगाडाबर नामाका
सिरहा,माघ ५ गते । प्रथम मधेश आन्दोलनको आज १६ वर्ष पूरा भएको छ ।आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए ।प्रथम बलिदानीको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन सुरु भएको थियो ।आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो शहीद भए । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।बलिदानी
काठमाण्डौ,माघ ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् ।बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिंदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका छन् ।साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरे ।भेटका क्रममा प्रचण्डले परिवारप्रति समवेदना प्रकट गर्दै शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका निर्
अनुभक्त चौधरीसिरहा,माघ ५ गते । धनुषा जिल्लाको मिथिला नगरपालीका वडा नं. ७ केमिलीपुर सामुदायिक वन क्षेत्रको बथान गहिरी स्थानमा पार्कको संरचनाहरु निर्माण भएको छ । आर्थिक वर्ष २०७८/०७९ को मधेश प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रालयको ३८ लाखको लागत सहयोगमा भू तथा जलाधार व्यवस्थापन कार्यालय लहान मार्फत पार्क निर्माण हुन लागेको हो । चुरेको फेदमा अवस्थित अति रमणीय र मनमोहक दृश्य समेत रहेकाले सबैको आकर्षणको केन्द्र बन्ने सक्ने उद्देश्यका साथ उक्त स्थानमा पार्क निर्माण प्रक्रिया शुरु गरिएको स्थानीय रामकुमार महतोले जनाउनुभयो ।१५ हेक्टर क्षेत्रफलमा बन्न लागेको पार्कमा अहिले १७० मिटर लम्व
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.