X wada

मुख्य समाचार

    Showing २,७५१-२,७६० of २,९७२ items.
  • एएफसी यू–२३ छनोटको दोस्रो खेलमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै

    काठमाण्डौ,कार्तिक ११ गते – एएफसी २३ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानसँग खेल्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल  र ताजिकिस्तानबीचको खेल बेलुका पौने ८ बजे हुनेछ ।  आज नेपाल पहिलो अङ्कको खोजीमा हुनेछ । नेपाल  पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । आज ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।नेपालले अब आउँदो आइतवार लेबनानसँग खेल्नेछ

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १३२ पटक पढिएको
  • २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं,कार्तिक ११ गते – नेपाल राष्ट्र बैंकले आज  २० अर्ब रुपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या देखिँदा तरलता प्रवाह गर्न केन्द्रीय बैंकले केही समय अघिदेखि निरन्तर गर्न रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक वित्तीय संस्थाले भाग लिन पाउने बैंकले जनाएको छ ।तरलता अभावले बैंक तथा वित्तीय संस्थामा निक्षेपको चाप परेको देखिन्छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुले कर्जा न

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • ११३ पटक पढिएको
  • विराटनगरमा थप १४ सय किलोलिटर क्षमताको पेट्रोल भण्डारणको ट्याङ्क थपिने

    सिरहा,कार्तिक ११ गते – विराटनगरमा रहेको  नेपाल आयल निगमको डिपोमा १४ सय किलोलिटर क्षमताको पेट्रोल भण्डारण (ट्याङ्क) थप्ने काम अन्तिम चरणमा पुगेको छ ।निरन्तर  पेट्रोलियम पदार्थको माग  बढिरहेका कारण  निगमले मट्टितेलका दुई ट्याङ्कलाई  पेट्रोल ट्याङ्कमा परिवर्तन गर्न लागेको बताएको छ । मट्टितेलको माग कमी हुँदै गएका कारण सोही ट्याङ्कलाई  पेट्रोल ट्याङ्कमा परिवर्तन गर्दा सहज हुने निगमको निष्कर्ष छ ।नेपाल आयल निगम १ नम्बर प्रदेश कार्यालय प्रमुख अशोक साहका अनुसार विराटनगर डिपोबाट दैनिक ४ देखि ५ सय किलोलिटर पेट्रोल बिक्री हुने गरेको छ । तर, डिपोमा हाल पेट्रोलको भण्डारण क्षमत

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • ११७ पटक पढिएको
  • स्थायी कमिटी बस्दै

    सिरहा, कार्तिक ११ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्दै छ । काठाडमौंको तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा अगामी मंसिर १० गते चितवनमा हुन लागेको आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा केन्द्रित हुने जनाइएको छ । बैठकमा प्रतिनिधि छनोट महाधिवेशन प्रतिनिधि छनौटको प्रक्रिया लगायतका विषयमा छलफल हुने एमाले नेताहरुले जानकारी दिएका छन । एमालेले कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन सम्पन्न गर्ने केन्द्रीय सर्कुलर बमोजिम एमाले फुट विभाजनको कारण अधिवेशन विवारहित नहुँदा कतिपय पालिका र वडाहरुमा अधिवेशन सम्पन्न हुन बाँकी छ । बैठकले त्यस विषयमा समेत प्रवेश गर्ने जनाइएको छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १३४ पटक पढिएको
  • विद्युतको नयाँ महसुल दरमा यस्तो छ सहुलियत

    काठमाण्डौ,कार्तिक ११ गते – विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आउँदो मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ ।विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने गरी महसुल निर्धारण गरिएको आयोगका प्रमुख आयुक्त डिल्लीबहादुर सिंहले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो,गार्हस्थ्य स्तरमा विद्युत् उपभोग बढाउन तथा उपभोक्तामाझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न गार्हस्थ

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १५७ पटक पढिएको
  • डुङ्गा दुर्घटना, एक जनाको मृत्यु

    बैतडी,कार्तिक ११ गते – महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ-१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।महाकाली नदीस्थित शिवनाथ-१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव आज बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता सन्दीपको खोजीकार्य भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १२९ पटक पढिएको
  • बोक्सीको आरोपमा दलित महिलामाथि कुटपिट, एक युवक पक्राउ

    सिरहा,कार्तिक ११ गते - सिरहामा बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सिराहाको कल्याणपुर नगरपालिका– १० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवक रामविलाश यादवलाई पक्राउ गरेको हो । व्यक्तिगत रिसिविका कारण यादवले महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट  पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।बोक्सीको आरोप लगाई आफूमाथि कुटपिट गरी अमानवीय व्यवहार गरेको पीडितको उजुरीका आधारमा प

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १२४ पटक पढिएको
  • नक्कली नोटसहित व्यापारी पक्राउ

    सिरहा,कार्तिक ११ गते – महोत्तरी प्रहरीले नक्कली नोटसहित एकजना तरकारी व्यापारीलाई पक्राउ गरेको छ। प्रहरीले गौशाला नगरपालिका-९ डुवरबन्नाका ४४ वर्षीय सुकन महतोलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको हो। बिहीबार बिहान गौशाला बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि सो घटना बाहिर आएको हो। सोही क्रममा प्रहरीले उनीमाथि अनुसन्धान शुरु गरिएको थियो। अनुसन्धानको क्रममा प्रहरीले गौशालास्थित उनको डेराबाट नेपाली ८ लाख ९७ हजार ४ सय ३५ रुपैयाँ र भारतीय २ लाख ८० हजार ९ सय २९ रुपैयाँ बरामद गरेको हो। बरामद भएको नेपाली र भारतीय रुपैयाँ नक्कली रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १३२ पटक पढिएको
  • भन्सारमा हकाहाकी घूस

    जटही,कार्तिक ११ गते – भन्सारका कर्मचारी हकाहाकी घूस माग्ने गरेको पाइएको छ ।सवारी साधनको एक दिने निःशुल्क सुविधाका लागि कर्मचारीले भोजभात खर्च वापत घूस लिने गरेको पाइएको छ । काउन्टरमा बसेका कर्मचारीले दिनभरी असुल गरेको घूसको रकम साँझ सबै कर्मचारी एकआपसमा बाँडने गरेका छन् । राजनीति पहुँचले वर्षौदेखि जटही भन्सारमा रहेका कर्मचारीहरु हकाहाकी घूस माग्ने गरेका छन् । धनुषाको लगमा जटही छोटी भन्सारका कर्मचारीले निःशुल्क अस्थायी पैठारी सुविधाका लागि अतिरिक्त रकम लिएको पाइएको छ । नेपाल–भारत सीमा जटही नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय गाडीलाई जनकपुर सम्म एक दिने पासका लागि भन्सारका कर्मचारीले अतिरिक्त रकम

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • ११६ पटक पढिएको
  • लागुऔषधसहित पक्राउ परेका वडाध्यक्ष राजनीतिक दबाबमा छुटे

    सिरहा,कार्तिक ११ गते । लागुऔषधसहित पक्राउ परेका सिराहा नगरपालिका– १८ का वडाध्यक्ष रामसोगारथ यादवलाई प्रहरीले अनुसन्धान नै नगरी रिहा गरेको छ । एमाले नेता, सांसद तथा पूर्वमन्त्रीको दबाबमा परेर एसपी हिराबहादुर पाण्डेले यादवलाई पक्राउ परेको १७ घन्टामै रिहा गरेका हुन् । सीमावर्ती भारतीय बजार बेतौनाबाट फर्किंदै गर्दा सोमबार उनी चढेको स।१ब ९३८ नम्बरको सरकारी मोटरसाइकलबाट प्रहरीले प्रतिबन्धित लागुऔषध नाइट्राभेट बरामद गरेको थियो । त्यसपछि प्रहरीले यादवलाई नियन्त्रणमा लिएको थियो । यादव पक्राउ परेको खबर पाएपछि पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रहरी प्रमुखलाई निरन्तर दबाब

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १४४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२