सिरहा,कार्तिक १३ गते । नेपाल आयल निगमले शुक्रबार पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँको दरले बढाएका हुन् । अब साविकको मूल्य भन्दा पेट्रोल प्रति लिटर १३३ रुपैयाँ, डिजल र मट्टितेल प्रतिलिटर ११६ कायम भएको छ । 

त्यसैगरी खाना पकाउने ग्याँस पनि प्रति सिलिण्डर ५० रुपैयाँ बढाएपछि एक सिलिण्डर ग्याँसको एक हजार पाँच सय रुपैयाँ पुगेको छ । त्यसैगरी हवाई इन्धनमा पनि प्रतिलिटर १० रुपैयाँको दरले बढाएको जनाइएको छ ।

क्रमिक रुपमा यसरी सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि खाद्यान्न, लत्ताकपडा लगायतमा मूल्य पनि बृद्धि हुने भएपछि सर्वसाधारण जनताको दैनिक जीवन यापन कष्टकर हुने स्थानीय बुद्धिजीवीहरुको कथन रहेको छ ।