सिरहा,कार्तिक १३ गते । चक्कुु प्रहार गरी कैलालीमा एक जना किशोरको हत्या भएको छ ।टीकापुर नगरपालिका- ८ कालीमाटीमा शुक्रबार राति सोही ठाउँ बस्ने १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।
आपसी विवादका क्रममा भजनी नगरपालिका-३ बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गरी अनुपको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी)विश्व अधिकारीले जनाएका छन् ।
चक्कुु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको हो ।
चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले पक्रउ गरि अनुसन्धान गरिरहेको छ ।




















