X wada

मुख्य समाचार

    Showing २,६३१-२,६४० of २,९७२ items.
  • ६ बन्दकर्ता पक्राउ

    पूर्वी नवलपरासी,कार्तिक ३० गते – पूर्वी नवलपरासी प्रहरीले ६ जना बन्दकर्तालाई पक्राउ गरेको छ। चोरमारा बजारमा मंगलबार बिहान बन्द गराउँदै हिँडेका नेत्र विक्रम चन्द नेतृत्वका नेकपाका २ जिल्ला सदस्यसहित ६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी प्रकाश मल्लले जानकारी दिए। पक्राउ पर्नेमा जिल्ला सदस्यद्वय धनबहादुर मगर, वीरबहादुर थापा मगर छन्। त्यसैगरी पक्राउ पर्ने अन्यमा नरेन्द्रमान मुखिया, दीपक कुंवर, दीपक विक र मंगलसिंह कुमाल रहेको एसपी मल्लले जानकारी दिए। उनीहरू सबै मध्यविन्दु नगरपालिकाका हुन्।  पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपाले बन्दकोआव्हान गरेको

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १२१ पटक पढिएको
  • हरिबोधिनीको समाप्ति, हवन गरी नुहागी पर्व मनाइँदै

    सिरहा,कार्तिक ३० गते  – आज हरिबोधिनी एकादशीको ब्रत पारायण गरिँदैछ । एकादशी सकिएपछि द्वादशीमा ब्रत पारायण गर्ने हिन्दुहरुको चलन छ । हरिबोधिनी एकादशीको भोलिपल्ट घरमा वर्षभरि गरिएको पूजाआजाको मनोरथ पाउन तुलसीको हवन (होम) गर्ने परम्परा रहेको छ ।आज पूजाआजा सकी नेपाली हिन्दुहरु नुहागी खाने गर्दछन् । पहाडका हिन्दुहरु नुहागीलाई नयाँ चामल खाने वा नयाँ अन्न खाने दिनका रुपमा पनि लिने गर्दछन् । यसमा विशेष गरी दही चामल खाने चलन रहेको छ ।हरिबोधिनी एकादशीमा औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी  आज कार्तिक शुक्ल एकादशी (हरिबोधिनी) एकादशी पर्व सकिएको छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् व

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • ११६ पटक पढिएको
  • आगलागी बाट २१ घर जले

    मुगु,कार्तिक ३० गते – गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छन्। राराछायानाथ नगरपालिका–१ पुरानो गमगढी बजारमा सोमबार मध्यराति आगलागी हुँदा २१ घर पूर्ण रुपमा नष्ट भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए।अहिले आगो फैलने क्रम रोकिए पनि पूर्ण रुपमा निभाउन भने नसकिएको प्रजिअ महतले बताए। स्थानीय स्तरमा पानी तथा माटोको प्रयोग गरेर आगो निभाउने प्रयास जारी रहेको उनको भनाइ छ। रातिको समय र जोडिएका घर रहेको बस्ती भएकोले बढी क्षेति भएको उनले जानकारी दिए। राति साढे १२ बजेत

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १५५ पटक पढिएको
  • एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेशको लहर

    सिरहा, कार्तिक २९ गते । सिरहाको धनगढीमाइ नगरपालिका वडा नं. ८ मा भुटाई यादव लगायत एक दर्जन बढी नेता कार्यकर्ताहरु नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एक साता अघि धनगढीमाई नगरपालिका वडा नं.५ तैंतिस विगहाबाट पनि एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा दर्जनौ नेता कार्यकर्ता प्रवेश गरेका थिए । यसरी  गएको स्थानीय बुद्धिजीवीहरु बताउँछन् । एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भुटाई यादव वडा नं. ८ का वडा अध्यक्ष प्रत्यासी उम्मेद्वार हुन् भने राम आधार यादव वडा नं. ९ का वडा सदस्य प्रत्यासी उम्मेद्वार हुन् । नव प्रवेशीहरुलाई नेकपा

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • ४४९ पटक पढिएको
  • सर्लाही :घुस रकम सहित दुई वडा सदस्य पक्राउ

     सर्लाही,कार्तिक २९ गते । उपभोक्ता समितिको कार्य सम्पन्न सिफारिश गरेको वापत लिईएको रकम सहित दुई वडा सदस्यलाई घुस सहित अख्तियार टोलीले आज पक्राउ गरेको छ । जिल्ला सर्लाही, इश्वरपुर नगरपालिका वडा नं.११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई एक लाख पचास हजार नगद सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटि गएको टोलीले निज पक्राउ गरेको छ । सदस्यद्वय ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिए वापत घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटि गएको टोलीले

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • २५२ पटक पढिएको
  • पूर्वसभासद् कुर्मीलाई पक्राउको माग गर्दै प्रशासनमा दिए धर्ना

    अधिकारकर्मीहरुले पूर्वसभासद् बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा धर्ना दिएका छन् ।बाँकेको निर्मला कुर्मी प्रकरणमा मुख्य आरोपी कुर्मीलाई प्रशासनले संरक्षण गरेको भन्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका हुन् । प्रशासनले मुख्य आरोपी कुर्मीलाई जोगाएकाले न्याय माग्दै धर्नामा बस्नुपरेको मानवअधिकारकर्मी खानले जनाईन ।प्रधानमन्त्री र गृहमन्त्रीको फोटो बोकेको प्लेकार्ड बोकेर न्यायका लागि कलम चलाइदिन धर्ना बसेका महिलाहरुले आग्रह गरेका छन् । साथै, उनीहरुले सरकारले गठन गरेको छानबिन समितिको निष्कर्ष अनुसार कारबाही प्रक्रिया अघि नबढेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न पन

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • १३५ पटक पढिएको
  • बिधुतको गाडीको ठक्करबाट एकको मृत्यु ,प्रमुख घाईते

    सिरहा,कार्तिक २९ गते । नेपाल बिधुत प्राधिकरण गाडीको ठक्करबाट आज दिउसो एक बालको मृत्यु भएको छ ।सिरहाको धनगढीमा नपा १० मुसहर्निया स्थित लोकमार्गमा ओभर स्पीडका कारण अनियन्त्रित भई गाडीको ठक्करबाट धनगढीमा नपा १० बस्ने किसन बहादुर तामाङ्गको १० वर्षीय छोरा नरेश बहादुर तामाङ्गको उपचारको लागी लग्दै गरेको अबस्थामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय घनगढीले बताउनु भयो ।  पश्चिबाट पुर्व जादै गररेको बा.१ ञ. २०९३ स्कारपियो अनियन्त्रित भईे पैदल यात्री नरेशलाई ठक्कर दिदै सडकबाट खेतमा झरेका थिए ।गाडीमा सवार नेपाल विधुत प्राधिकरण  हेटौडा,भरतपुर वर्दघाट २२० के.भी. प्रसारण लाईनका आयोजना प्रमुख नरेश

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • २३१ पटक पढिएको
  • एकै परिवारका २ बालकको विष खुवाई हत्या

    रौतहट,कार्तिक २९ गते – एकै परिवारका दुई बालकहरुको विषले ज्यान लिएको छ । देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको ज्यान गएको हो ।वीरगञ्जको तराई अस्पतालमा उपचारको क्रममा आकाशको हिजो र विकासको अस्ती नै मृत्यू भएको रौतहटका एसपी विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार विष आफैंले खाए वा अरुले खुवायो भन्ने विषयमा केहि खुल्न सकेका छैन । घटना शंकास्पद देखिएकाले अनुसन्धान भइरहेको छ ।विषका कारण दुबै बालक मुर्छा परेपछि आफ्न्तले तत्कालै उपचारका लगि गरुडा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नहुने डाक्टरले बताए । त्यसपछि दुबै बालकलाई वीरगञ्जको तराई हस्पि

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • १२८ पटक पढिएको
  • अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

    कैलाली,कार्तिक २९ गते – गौरीगंगा नगरपालिका–९ शंकरपुरबाट करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने वस्तु       सहित लम्कीचुहा नगरपालिका–१ लम्की बसपार्क बस्ने १९ वर्षीय सन्देश पहाडीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मसुरिया र अस्थाई ट्राफिक प्रहरी पोष्ट मसुरियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।        यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • ११० पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    उदयपुर,कार्तिक २९ गते – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख आठबिसे नगरपालिका-२ सिगौदी घर भएका २३ वर्षीय गोपाल बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोपालले ती किशोरीलाई उदयपुर कटारी नगरपालिका-११ मा शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • ८२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२