सिरहा, र्मंसिर १ गते । कोभिड १९ अझै कायमै रहेकाले स्वास्थ्य मापदण्डतालाई ख्याल गरी सिरहास्थित धनगढीमाई नगरपालिकाले नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई कोभिड १९ स्वास्थ्य सामाग्री तथा प्राथमिक उपचार बक्स वितरण गरेको छ ।

सम्पूर्ण विद्यालयहरुमा भौतिक रुपमै पढाई लेखाई भइरहेकोले विद्यार्थी र शिक्षकको स्वास्थ्यलाई ध्यामा राख्दै नगरपालिकाले स्वास्थ्य सामाग्री वितरण गरिएको छ । वितरित स्वास्थ्य समाग्रीले कोभिड १९ लाई रोकथाम गर्न सहयोग गर्ने नगरप्रमुख हरिनारायण चौधरीले वताउनुभयो ।

डब्लु.एच.ओ.ले सन् २०२२ सम्म कोरोना रहिरहने जनाएकोले सचेततापूर्वक सुरक्षा मापदण्ड अपनाउन मास्क, सेनिटाइजर, ह्याण्ड वास, थर्मल गन, प्राथमिक उपचारमा आवश्यक सामाग्रीहरु सामाग्रीहरु वितरण गरिएको नगर शिक्षा शाखाका कार्यक्रम संयोजक प्रदीप साहले जनाउनुभयो ।

कार्यक्रममा धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरी, उपप्रमुख फुलकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले, शिक्षाविद् प्रकाश पोखरेल लगायत विद्यालयको प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

त्यसअघि नगरपालिकाले विद्यालयमा पढाई भइरहेको गुणस्तरीयता लगायतका विषयमा विद्यालयका प्रधानाध्यपक, शिक्षकहरुसँग छलफल समेत गरिएको थियो । नगरपालिका क्षेत्रभरि माध्यमिक विद्यालय सात, चार वटा मदरसा र बाईस वटा आधारभूत विद्यालय गरी ३३ वटा सामुदायिक विद्यालय रहेको छन् ।




















