सिरहा,मंसिर १ गते – उदयपुका एक वृद्धाको धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । लिम्चुङबुङ गाउँपालिका ५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईको हतियार प्रहारबाट श्रीमती ५६ वर्षाीया चतुरमाया राईलाई मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको मृत्युपछि उनले पनि घाँटी रेटेका घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुका सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिए । उनलाई घाइते अवस्थामा प्रहरीले पक्राउ गरी जिल्ला अस्पताल गाईघाटमा उपचारको लागि ल्याएको छ । हत्याका बारेमा थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरीको टोली खटिएको सूचना अधिकारी गौतमले जानकारी दिए ।

       मृतक चतुरमाया सन्तबहादुरीकी कान्छी श्रीमती हुन्