गुल्मी,मंसिर १ गते –आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको आरोपमा एक दाजुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ईस्मा गाउँपालिका–३ दौवा बस्ने १९ वर्षीय कृष्ण मुखिया रहेका छन्।प्रहरीका अनुसार १९ बर्षिय कृष्ण आफ्नै १३ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार साँझ पक्राउ परेका हुन्।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ