सिरहा,मंसिर १७ गते – नेपाली बजारमा आज ९शुक्रबार० सुन २ सय रूपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रूपैयाँले नै घटेको छ । तेजाबी सुन आज ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार १ सय ९० रुपैयाँमा नै कारोबार भएको थिय
सिरहा,मंसिर १७ गते – कोरोना भाइरसको नयाँ भेरियन्ट ुओमिक्रोनुको जोखिम बढेको भन्दै सरकारले ९ वटा देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। सचिवालयका एक सदस्यका अनुसार शुक्रबार रातिदेखि लागू हुनेगरी ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई समेत नेपाल प्रवेशमा रोक लगाइएको छ।गृह मन्त्रालयले यसअघि नै दक्षिण अफ्रिकाबाट आउने यात्रुहरुलाई अनअराइभलु भि
सिरहा,मंसिर १७ गते – जिल्ला अदालत सिरहाबाट सजाय आदेश भइ फरार रहेका आठ अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न मुद्दामा सजाय भइ फरार भएका ८ अभियुक्तलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका आठै अभियुक्तलाई जिल्ला अदालत सिरहा समक्ष पेश गरिएको उनले बताए । सुखिपुर नगरपालिका–५ का ३८ वर्षीय कासिन्द्र यादव, लक्ष्मीपुरपतारी गाउंपालिका–५ खरुकियाहीका ६० वर्षीय रामअशिस दास तत्मा, लहान नगरपालिका–।२० भवानीपुर कलाबन्जरका ३४ वर्षीय परशुराम यादव, सुखिपुर नगरपालिका– ५का ३८ वर्षीय कासिन्द्र यादव, सिरहा नपा– १२ गम्हरिया टोलका ४५ व
सिरहा,मंसिर १७ गते – प्रदेश २ मा दिनानुदिन आत्महत्या गर्नेहरुको संख्यामा बृद्धि हुंदै गएको छ ।प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांक अनुसार प्रत्येक दिन करिब तीन जनाले आत्महत्या गर्ने गरेका छन् । चालु आर्थिक वर्षको मंसिर १५ गतेसम्म प्रदेशभरि २ सय ६१ जनाले आत्महत्या गरेका छन् भने गत आर्थिक वर्ष २०७७÷०७८ मा ९ सय ५९ जनाले आत्महत्या गरेको छ । डेढ वर्षको अवधिमा सब भन्दा बढी सिरहा जिल्लामा २ सय १२ जनाले आत्महत्या गरेका छन् भने धनुषामा २ सय ४, बारामा १ सय ८६, रौतहटमा १ सय ४५,पर्सामा १ सय ४३, सप्तरीमा १ सय ३५,महोत्तरीमा १ सय २२ जनाले आत्महत्या गरेको देखिएको छ । प्रदेशको सर्लाही जिल्लामा सबभन्दा कम ७५
सिरहा,मंसिर १७ गते – शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेण्ड्स र थ्री स्टारबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ । यस सिजन फ्रेण्ड्सले जित हात पार्न सकेको छैन । पहिलो खेलमा सातदोबाटोसँग बराबरी खेलेको फ्रेण्ड्स दोस्रो खेलमा संकटासँग अग्रता जोगाउन नसक्दा पराजित भएको थियो । उता थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सतदोबाटोसँग पराजित भएको थियो । यसअघि २०७६ मा भएको लिगमा फ्रेण्ड्सले थ्
वीरगञ्ज,मंसिर १७ गते – बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो । हेलिकोप्टरका लागि जोगीले तीन लाख ८० हजार तिरेर चार्टर्ड गरेका हुन् । छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जो
सिरहा,मंसिर १७ गते – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको छ। सम्भवत आज नै कक्षा १२ को नतिजा सार्वजनिक गरिनेछ। नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बोर्डले आज बिहान बैठक बोलाएको छ। नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको पनि बोर्डले जनाएको छ। कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए। कोरोनाका कारण पटकपटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो
सिरहा,मंसिर १६ गते । सूचना माग्नु आम नागरिकको अधिकार हो भने सार्वजनिक निकायको सूचना प्रवाह गर्ने दायित्व रहेकोले सूचना प्रवाहको माध्यमलाई छिटो छरितो बनाउन सार्वजनिक निकायलाई राष्ट्रिय सूचना आयोगले आग्रह गरेको छ । आज सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, समुदाय र समूहका लागि आयोजित सूचनाको हक सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्नु हुँदै आयोग प्रमुख रत्न प्रसाद मैनालीले सो कुरा वताउनुभयो । सूचनाको हक सम्बन्धी व्यवस्था संविधानको ऐनले नै व्यवस्था गरिएकाले सार्वजनिक निकायले झन्झट नमानी मागेका सूचनाहरु सम्बन्धित व्यक्ति वा संस्थालाई दिन प्र
सिरहा,मंसिर १६ गते – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो दिन १५ किलो सुनका बाला संकलन गरिएको छ । विमानस्थल भन्सार कार्यालयले विदेशबाट बाला आकारमा काँचो सुन ल्याउन रोक लगाएर लगातार सुन त्यस्ता सुन संकलन गरेर राजस्व असुल गरिरहेको छ । बुधवार मध्यरातसम्ममा १५ किलो १६ ग्राम सुन संकलन गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए । बुधवार विदेशबाट फर्किएका ३ सय २६ जना यात्रुले सुनका बाला लिएर आएका थिए । तीन दिनदेखि भन्सार काउन्टरमा संकलन गरेर राखिएको १३ दशमलव १२ किलो सुन यात्रुहरुले भन्सार तिरेर लगेका छन् । बुधवार मात्रै ४ सय १० ज
सिरहा,मंसिर १६ गते – सत्तारुढ पाँच दलका शिर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्मेर राणालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको हो । ‘प्रधानन्यायाधीश विरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठवन्धनले निष्कर्ष निकालेको छ’, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञान
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.