विराटनगर,मंसिर १८ गते – मोरङको जहदा गाउँपालिका–७ स्थित लोहन्द्रा खोलामा डुबेर एक जना नाबालकको मृत्यु भएको छ । खोलामा डुबेर दिलीप यादवका ३ वर्षीय छोरा रीतिकुमार साहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार रीतिकुमार घरदेखि लगभग ७ मिटर टाढा रहेको खोला छेउमा दाजु र साथीहरुसँग खेल्न गएको खुलेको छ । खेल्ने क्रममा शुक्रबार साँझतिर खोलामा डुबेर नाबालकको मृत्यु भएको श्रेष्ठले बताए । उनले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।