सिरहा,मंसिर १९ गते – राष्ट्रिय बाघ गणना आइतबारदेखि हुँदैछ । चितवन, पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सबाट गणनाको औपचारिक थालनी हुने भएको छ । यसअघि सन् २०१८ मा बाघको राष्ट्रिय गणना गरिएको थियो । त्यति बेला नेपालको बाघको सङ्ख्या २३५ थियो । यस पटकको गणनामा २५० भन्दा बढी पुग्ने विश्वास गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट वेदकुमार ढकालका अनुसार गणनाका लागि दक्ष प्राविधिकको १३ वटा टोली बनाएर शनिबारै फिल्डमा खटाइसकिएको छ । दक्ष प्राविधिक १२० जनालाई बाघ गणनासम्बन्धी विशेष प्रशिक्षण दिइएको छ ।

आइतबार वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले बाघ गणनामा प्रयोग गरिने अत्याधुनिक क्यामरा चितवन राष्ट्रिय निकुञ्जको जङ्गलमा राखेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । क्यामरा ट्रयाप विधिबाट बाघ गणना गरिन्छ । बाघको आवतजावत हुने, बस्ने, सिकार खेल्ने ठाउँको पहिचान गरी राष्ट्रिय निकुञ्ज, निकुञ्ज वरिपरिको मध्यवर्ती क्षेत्र तथा आसपासका जङ्गलमा क्यामरा राख्ने गरिन्छ ।इकोलोजिस्ट ढकालका अनुसार एक ठाउँमा क्यामरा कम्तीमा १५ दिन राखिने भएका छन् । क्यामरा राखिएका नजिकै गणनामा सहभागी दक्ष प्राविधिकको टोली जङ्गलभित्रै बास बस्ने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “जङ्गलमा रातभर क्याम्प लिएर बस्दा बाघ, हात्ती, गैँडा जस्ता ठूला जङ्गली जनावरको डर हुने भएकाले नेपाली सेनालाई पनि सुरक्षार्थ खटाइएको छ । प्राविधिक टोली बस्ने ठाउँको अवस्था हेरी प्राविधिक टोलीसँग हात्तीको पनि प्रयोग गरिनेछ ।tiger

यो वर्ष नेपालले अन्तर्राष्ट्रिय जगत्मा गरेका प्रतिबद्धताअनुसार बाघको सङ्ख्या २५० पु(याउने विश्वास गरिएको छ । पछिल्ला चार वर्षमा चोरी सिकार नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त हुनु, बासस्थानमा सुधार, बाघको आहार प्रजातिको पनि उल्लेख्य वृद्धिका कारणले यस पटक बाघको सङ्ख्या राम्रै भेटिने विभागका अधिकारीले बताएका छन् । एक दशकअघि नेपालले रुसको सेन्टपिटर्सबर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा तत्कालको बाघ सङ्ख्या दोब्बर गर्ने प्रतिबद्धता गरेको थियो । त्यतिबेला नेपालमा बाघको सङ्ख्या १२१ थियो । यो सङ्ख्यालाई दोब्बर गर्दै सन् २०२२ सम्म २५० पु(याउने प्रतिबद्धता नेपालले गरेको थियो । दुर्लभ मानिने बाघ नेपाललगायत विश्वका १३ वटा देशमा मात्र पाइन्छ ।

विभागका अनुसार बाघ पाइने चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघको गणना सुरु गर्न थालिएको हो । गणनाका लागि कम्तीमा एक महिनाको समय लाग्ने र १२० जनाभन्दा बढी दक्ष प्राविधिक तथा हात्तीको प्रयोग गरिनेछ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा। रामचन्द्र कँडेलले भन्नुभयो, “पहिलो चरणमा चितवन र पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रलाई एक समग्र क्षेत्र मानेर बाघको गणना गर्ने कार्यक्रम छ । दोस्रो चरणमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघको गणना गरिनेछtiger 1