सिरह,मंसिर १९ गते – शसस्त्र प्रहरीले तयारी अवस्थामा रहेको एक सय किलो गांजा सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

शसस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका डिआईजी गणेश वहादुर ठाडामगरले पाएको विशेष सुराकीको आधारमा खटेको टोलीले गाँजा सहित महोत्तरीबाट मानिसलाई नियन्त्रणमा लिएको हो । जिल्लाको एकडारा गाउंपालिका– गेना बथनाहाको धानखेतको बाटोबाट तीन जनालाई गांजा सहित पक्राउ गरिएको हो ।

एकडारा गाउंपालिका–६० वर्षीय राम खेलावन मण्डल र जलेश्वर नगरपालिका–७ का ५० वर्षीय सुरेश यादवलाई गांजा सहित शुक्रबार अबेर राती पक्राउ गरिएको जानकारी शसस्त्र प्रहरी बलका एसपी सुरेश सापकोटाले जानकारी दिए । थप एक जनालाई सोही चौरीबाट पक्राउ गरिए पनि गांजा तस्करीमा उनको संलग्नता रहेको नरहेकोबारे पुष्टि हुन नसकेको उनले बताए ।

पक्राउ परेका गांजा सहित तीनैजनालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल जनपथ प्रहरीलाई जिम्मा लगाइएको छ । पक्राउ परेकाहरु भरिया हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनले डिआईजीको लागु औषध नियन्त्रणको लागि कडा निर्देशन रहेकोमा सोही अनुरुप यो भन्दा पहिला समेत करिव ८ बिघा जग्गामा लगाइएको गांजाको बोट फडानी गरिएको तथा सोही दिन ४३।५ किलो तयारी गांजा समेत प्रहरीले जलेश्वर नगरपालिका–७ एकजनाको घरबाट नियन्त्रणमा लिएको थियो ।