X wada

मुख्य समाचार

    Showing २,२३१-२,२४० of २,९७२ items.
  • सप्तरीमा बियरको बोतलले हानेर महिलाको हत्या

    राजविराज,पुष १२ गते – सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बरही वीरपुरमा सोमबार बिहान एक महिलाको हत्या भएको छ । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जनाकारी दिए।घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ । यसैबीच घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जनाइएको छ । साथै अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताए।

    • प्रकाशित मितिः पुस १२, २०७८
    • १८५ पटक पढिएको
  • सात बुँदे मागसहित जनमत पार्टी आन्दोलनमा, आज सिरहामा चक्काजाम

    सिरहा,पुष १२ गते – सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका सात बुँदे मागसहितआन्दोलनमा उत्रिएको छ ।पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो ।  जनमतले आज सिराहमा चक्काजामको घोषणा गरेको छ । आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिइएको छ

    • प्रकाशित मितिः पुस १२, २०७८
    • ११९ पटक पढिएको
  • सिरहामा सटर तोडेर दशलाख भन्दाबढीको चोरी

    सिरहा,पुष १२ गते– सिरहाको दुई किराना पसलमा सटर तोडेर चोरले करिब १० लाख भन्दा बढीको सामग्री तथा काउन्टरमा रहेको नगद चोरी गरेको छ । गोलबजार ना।पा–६ गुम्बा चौक स्थितको मनोज इन्टरप्राइजेज र लक्ष्मी जेनरल स्टोरबाट करिब नौ लाख मूल्य बराबरको समान तथा दुबै पसलगरि एक लाख नगद चोरी गरेकोे हो ।चोरले किराना पसलको सटरलाइ तोडेर मनोज इन्टरप्राइजेजबाट १५ बेन्डल सुर्या चुरोट ,२० बेन्डल सिखर चुरोट , दुइ लाख बराबरको रिचार्ज कार्ड ,एक थान ९डेल कम्पनिको ०ल्यापटप र काउन्टरमा रहेको नगद रु ५० हजार चोरी भएको पसल संचालक मनोज साहले जनाएको छ । त्यसैगरि लक्ष््मी जेनरल स्टोरबाट १० बन्डल सुर्या चुरोट ,१५ बेन्डल सिखर चुरोट ,१

    • प्रकाशित मितिः पुस १२, २०७८
    • १८० पटक पढिएको
  • ट्रकमा आगजनीसँगै दर्जन बढी गाडीमा तोडफोड

    सिरहा,पुष ११ गते– सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आमहड्ताल उल्लंघन गरेको भन्दै सिरहास्थित चोहर्वामा ट्रकमा आगजनी गरेका छन् । आगजानीका कारण ट्रक जलेर नष्ट भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना.५ख.५५२२ नं. ट्रकमा जथाभावी ढुंगा प्रहार गर्न थालेपछि आफू बाहिर निस्किने वित्तिकै आन्दोलनकारीहरुले ट्रकमा आगजानी गरेको ट्रक चालकले वताए । आन्दोलनकारीहरुले गोलबजार, मिर्चैया लगायतको ठाउँमा दुई दर्जन भन्दा सवारी साधनमा तोडफोड गरी क्षति पुर्याएको छ । बजार पसलसँग सवारी साधनहरु चलाउने र खुलाउने क्रममा गोलबजारमा बन्दकर्ता र प्रहरीबीच पटक पटक झडप भएको थियो । बन्दकर्ताहरुले गोलबजारस्थित प्रहरी बी

    • प्रकाशित मितिः पुस ११, २०७८
    • २७५ पटक पढिएको
  • म माथी लगाएको आरोप निराधार हरको उप्रमुख यादब

    सिरहा,पुस ११ गते । निमित्त प्रमुख चौधरीले लगाएको आरोप निराधार रहेको बरियापट्टी गाँउपालिकाका उपप्रमुख रेखा कुमार यादबले बताईन ।म र श्रीमान पवन यादवले राजश्व बाँडफाँड शिर्षकको एघार लाख रकम निकासाको दवाव दिएको आरोप झुठा रहेको उपप्रमुख यादबले बताईन । यता कार्यालयका प्रमुख शम्भु प्रसाद चौधरीले कामै नगरी जबरजस्ती कानुन विपरित रकम निकासा दिन आफूलाई दवाव दिंदा रकम निकासा गर्न नमानेपछि गाली बेइज्जती गर्दै कुटपिट गर्नेसम्मको धम्की दिएपछि त्यसतो कुनै अपशब्द प्रयोग नभएको बताईन ।लेखा प्रमु्ख विजय कुमार ठाकुरलाई  आफु नियम संगत न्यायपालिकाको  निकासको लागी अनुरोध गरे हाल सम्म पालिकाबाट न्याययीक समित

    • प्रकाशित मितिः पुस ११, २०७८
    • २०५ पटक पढिएको
  • माओवादीको महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा

    काठमाडौं, पुष ११ गते – नेकपा ९माओवादी केन्द्र०को आठौं महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित हुनुभएको छ ।काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित प्रमुख दलका शीर्ष नेताले शुभकामना दिने कार्यक्रम रहेको छ । माओवादीको महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री देउवा भर्खरै समारोहस्थलमा पुग्नुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासँगै शीर्ष दलका प्रमुख नेताले सम्बोधन गर्दै हुनुहुन्छ ।उद्घाटन समारोहमा प्र

    • प्रकाशित मितिः पुस ११, २०७८
    • १२५ पटक पढिएको
  • कक्षा १ देखि १२ सम्म नै लेटर ग्रेडिङ

    काठमाडौं,पुष ११ गते – सरकारले यसै शैक्षिक सत्रदेखि विद्यालय तहमा कक्षा १ देखि नै लेटर ग्रेडिङ (अक्षराङ्कन) विधि कार्यालयमा ल्याउने भएको छ ।मन्त्रालयले तयार पारेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वीकृत गरेका छन् अब कक्षा १ देखि १२ सम्म एउटै विधि अर्थात लेटर ग्रेडिङ विधिबाट विद्यार्थीहरुको मूल्याकंन हुने मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले जानकारी दिए । यसअघि एसईई, कक्षा ११ र १२ मा मात्र लेटर ग्रेडिङ पद्धतिबाट विद्यार्थीहरुको मूल्यांकन गरिन्थ्यो भने अरु कक्षमा अंकबाटै मूल्यांकन गर्ने प्रणाली थियो । निर्देशिकाअनुसार न्यूनतम

    • प्रकाशित मितिः पुस ११, २०७८
    • ११५ पटक पढिएको
  • सातबुँदे माग पूरा नभए अनशन बस्ने डा। केसीको चेतावनी

    काठमाडौं,पुष ११ गते – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले धरानस्थित बीपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न माग गरेका छन् ।डा. केसलीले विज्ञप्ति निकालेर सरकारसँग सातबुँदे माग अगाडि सारेका हुन् । बीपी प्रतिष्ठानका भ्रष्ट पदाधिकारीहरूलाई बर्खास्त गरेर कारबाही गर्ने, सार्वजनिक पदमा हुने स्वार्थको द्वन्द्व रोक्न कानुन बनाउने तथा विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड बनाउनेजस्ता दीर्घकालीन सुधारका कामहरू गर्ने प्रधानमन्त्री देउवाका प्रतिबद्धताहरू पूरा नहुँदा सुधार र सुशासनको प्रक्रिया नै अवरुद्ध भएको छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।सातबुँदे माग पूरा न

    • प्रकाशित मितिः पुस ११, २०७८
    • १६० पटक पढिएको
  • विद्युत चुहावट नियन्त्रण गर्दै प्राधिकरण, चार महिनामा २.८३ प्रतिशत घट्यो

    काठमाडौं, पुष ११ गते – नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत चुहावट १४.३५ प्रतिशतमा झारेको छ । नियमित रुपमा विद्युत आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत आर्थिक वर्षमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आर्थिक वर्षको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा सिमित गरेको हो ।कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९/२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो । गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १.०१ प्रतिशत थियो । ग

    • प्रकाशित मितिः पुस ११, २०७८
    • १४४ पटक पढिएको
  • जनमतका कार्यकर्ता र प्रहरीबीच झडप

    सिरहा,पुष ११ गते – आमहड्तालको उल्लंघन गरेको भन्दै पूर्व(पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार र मिर्चैयामा जनमत पार्टीका कार्यकर्ताहरुले दर्जनौं गाडी तोडफोड गरेका छन् ।मिर्चैया र गोलबजारमा बन्दकर्ता जनमतका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले कैयौं सेल आश्रुग्यास समेत प्रहार गरेका छन् । यद्दपी प्रहरी राजमार्ग खुलाउन सकेका छैन । औरही गाँउपालिकाले दिएको झुठो मुद्दामा प्रहरीले किसानलाई पक्राउ गरेपछि जनमत पार्टीले आज सिरहा जिल्ला आमहड्ताल गरेको हो ।

    • प्रकाशित मितिः पुस ११, २०७८
    • २३९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२