काठमाडौं, पुष १३ गते –  दक्षिणकाली नगरपालिका– ५ फर्पिङबाट नियन्त्रित लागूऔषध ५ सय ८८ एम्पुल डाईजेपाम, ५ सय ८४ एम्पुल नुर्फिन र ५ सय ८५ एम्पुल फेनारगन सहित काठमाडौं कलंकी बस्ने बारा कोल्हबी नगरपालिका– ५ बधुबन घर भएका ५१ वर्षीय टेक बहादुर थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रौतहट चपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३९३६ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्न क्रममा सुमोमा सवार उनलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको छ । उनी उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको  महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 पोखरा महानगरपालिका– ३२ मझुवास्थित सडकबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका– १७ घारिपाटन बस्ने २४ वर्षीय बिक्रम गुरुङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग।१  ख ५००१ नम्बरको हाईस गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

 हेटौंडा उपमहानगरपालिका– १ पालुङ बसपार्कबाट  करिब ६९ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका–५ कटहरे  घर  भई हेटौडा उपमहानगरपालिका– ७ कमाने बस्ने ३४ वर्षीय सिताराम मोक्तान सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.१ ह ७६३८ नम्बरको अटोलाई प्रहरी चौकी चौकिटोल र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा तरकारीको बोराभित्र लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी अटो र अटो चालक मोक्तान सहित ३ जनालाई पक्राउ गरेको हो ।

 चुरे गाउँपालिका– ५ बेल्चापलानस्थित सडकबाट करिब १६ केजी अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित बझाङ, बुङ्गल नगरपालिका– ११ देउलीकोट बस्ने २८ वर्षीय  बिर बोहरा लगायत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । से.१ ज ७१८ नम्बरको जिपलाई सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट खानिडाँडाबाट खटिएको सयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी जिप चालक बोहरा लगायत २ जनालाई जिप सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ