सिरहा,पुष १४ गते । सिरहाको लहानमा लैंगिक समानता रणनितिको मस्यौदा सम्वन्धि छलफल भएको छ । ओरेक परियोजना कार्यालय सिरहाको आयोजना र लहान नगरपालिकाको सहकार्यमा  लैंगिक समानता रणनिति सम्वन्धि मस्यौदा तयार गर्ने विषयमा छलफल गरेको छ । 

ओरेककी अध्यक्ष रामबती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लहान नगरपालिका प्रमुख मुनि साह रहनु भएको थियो । यस्तै बिशिष्ट अतिथि लहान नगरपालिका उपप्रमुख सरियार चौधरी र लहान नगरपालिकाको प्रशासकिय अधिकृत लगायतका उपस्थित रहेका थिए । 

268441808_1372700449856990_3275703095060124585_n

उक्त कार्यक्रममा लहान नगरपालिकाका २४सै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्यहरुको सहभागितामा ओरेक परियोजना कार्यालय सिरहाको आयोजना र लहान नगरपालिकाले लैंगिक समानता रणनीति योजनाको खाकालाई छलफलका लागि दिएको थियो । उक्त कार्यक्रममा सहभागी वडा अध्यक्षहरु रणनितिलाई अझ प्रभावकारी बनाउनका लागिसुझाव दिएका थिए । 

ठोस रणनीति पास गरी समानताका साथ कार्यान्वयन गर्नु पर्ने मुख्य उदेश्य रहेको थियो । कार्यक्रममा लहान नगरपालिका प्रमुख,उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत सबै वडाका अध्यक्ष तथा जन प्रनिधिहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गर्नु भएको आयोजक संस्थाले बताउनु भयो ।