सिरहा,पुष  १३ गते – जनमत पार्टीका प्रमुख सीके राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत  सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई  जनकारबाही गर्ने धम्की दिइएको हो ।

मंगलबार बिहान एक पोस्ट गर्दै राउतको सचिवालयले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिएको छ । यदि प्रहरीले व्यवहार सुधार नगरे एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारबाही गर्ने धम्की दिएको हो । फेसबुक पेजमा भनिएको छ, ‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडासमेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको समाचार आएको छ । यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ ।’ck to  nepal policd

उक्त पोस्टमा थप भनिएको छ, २०७३ सालमा स्वराजीको डरले गहुँ खेतमा सुसु गर्नु परेको सम्झना होला नै । फ्रान्सेली क्रान्तिमा जनताले शासकलाई कसरी चौबाटोमा सजाय दिएका थिए, थाहा नै होला ।’

यता सिरहामा दुई दिन जिल्ला भर चक्का जाम गर्ने गरी जनमत पाटी सिरहाले प्रेस विज्ञप्ती निकाल्दै बन्दको आवाह्न गरिएको छ । बन्द सफल नहुन दिन जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको निजि सचिबालयले सोमबार राती स्थानिय प्रशासन ऐन २०२८को दफा ६९२० र ९३० वमोजिम जिल्लाका मुख्य सडक पूर्वा पश्चिम लोकमार्ग र सिरहा चौर्हवा सडक खण्डमा ५०० मिटर उत्तर ,दक्षीण आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । यता जिल्लामा सहजै रुपमा प्रहरी स्कटिङ्गमा लामो तथा छोछो दुरीका गाडीहरु आवत जावत गरीरहेको छ