X wada

मुख्य समाचार

    Showing १,८५१-१,८६० of २,९७२ items.
  • मूल्य बढाउन डीडीसीको प्रस्ताव

    काठमाडौं, माघ २३ गते –  दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले किसानका लागि प्रतिलिटर दूधको मूल्य ६.५२ वृद्धि गरी ५६।०४ रुपियाँ बनाउने निर्णय गरेको थियो । किसानका लागि दूधको मूल्य वृद्धि मन्त्रिपरिषद्ले गरेपछि डीडीसीले उपभोक्ता मूल्य बढाउन कृषि मन्त्रालयमा प्रस्ताव गरेको हो । यसअघि पनि दूधको उपभोक्ता मूल्य डीडीसीले तय गथ्र्यो । डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले किसानका लागि दूधको मूल्य निर्धारण मन्त्रिपरिषद्ले गरेपछि आफूहरूले उपभोक्ता मूल्य प्र

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १६९ पटक पढिएको
  • एमसीसीलाई छिटो टुङ्गो लगाऔँ

    काठमाडौं, माघ २३ गते – संयुक्त राज्य अमेरिकाको अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० ल्याउन नेपाल सरकारले सम्झौता गरेको झन्डै पाँच वर्ष भइसकेको छ । सन् २०१७ सेप्टेम्बर १४ मा अमेरिकाको ५५ करोड अमेरिकी डलर र नेपालको समकक्षी कोष १३ करोड अमेरिकी डलर लगानीको आयोजनाका लागि हस्ताक्षर भएको थियो । उक्त सहायता अन्तरदेशीय प्रसारण लाइन र सडक निर्माणमा खर्च गर्नेगरी परियोजना कार्यान्वयन सम्झौता सन् २०१९ सेप्टेम्बर २९ मा सम्पन्न भएको थियो ।सम्झौतामा उक्त अनुदान नेपालको सङ्घीय संसद्बाट अनुमोदन हुनुपर्ने प्रावधान रहेको भए पनि त्यो हुन सकेको छैन । अनुमोदन हुन नसक्दा नेपालले पाएको ठूलो अनुदान फिर्ता जान

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १४५ पटक पढिएको
  • मधेश प्रदेशका आयोग नाममै सीमित

    सिरहा,माघ २३ गते – मधेश प्रदेश सरकारबाट चार वर्षको अवधिमा गठन गरिएका अधिकांश आयोग नाममै सीमित देखिएको छ ।मुख्यतः भागवण्डा र नेतृत्व दलका आधारका व्यक्तिलाई आयोगका पदाधिकारीमा चयन गरिएकोमा कर्मचारी अभाव , ऐन जटिलता , सचिवहरुको स्वेच्छाचारी मनोभाव, संयोजन , कार्यालयको व्यवस्थापनको समस्याले आयोगहरु नाममै सीमित हुन पुगेको छ । नीति आयोग र लोक सेवा आयोग नीति , योजना निर्माणदेखि कर्मचारीको पदपूर्ति गर्न क्रियाशील भए पनि अन्य आयोग आपसमै संयोजनको अभाव , मार्गचित्रको अनभिज्ञताबाट आक्रान्त छ । यसकासाथै आमसञ्चार प्राधिकरण पनि केही गतिविधि गर्न जमर्को गरेको पाइएको छ । सरकारले प्राथमिकताका साथ गठन गरेको मधेश

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १७३ पटक पढिएको
  • यस पालि दुई दिन सरस्वती पूजा मनाइने

    सिरहा,माघ २३ गते – वसन्त पञ्चमीका दिन मनाइने सरस्वती पूजा यस पटक दुई दिन मनाइने भएको छ ।खास गरी विद्यार्थी, शिक्षकहरुले आस्थापूर्वक मनाउने यस वर्षको सरस्वती पूजा मधेश प्रदेशको विभिन्न जिल्लामा कतिपय ठाउँमा शनिबार मनाइएको छ भने कतिपय स्थानमा आइतबार मनाइने भएको छ । सरकारी र मिथिला क्यालेन्डरले सरस्वती पूजाको फरकरफरक तिथि देखाएपछि अलमलमा परेका कतिपयले शनिबार नै पूजा सम्पन्न गरेका छन् भने कतिपयले आइतबार गर्ने बताएका छन् । प्रदेशको राजधानी जनकपुरधाम सहित आसपासको क्षेत्रमा ठाउँ–ठाउँमा सरस्वती माताको प्रतिमा राखेर पूजा गरिंदै देखिएको छ भने कतिपय भक्तजनहरु आइतबारको लागि पूजा मनाउने तयारीमै व्यस्त देखि

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १५८ पटक पढिएको
  • नेपालमा सङ्क्रमणमुक्त हुने ९ लाख बढी

    सिरहा,माघ २२ गते । देशभर थप १ हजार ७१४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११०३ र एन्टिजेन विधिबाट ६११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप ४७७१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ६३९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३।३ प्रतिशत रहेको छ । हाल देशभर ५२ हजार ७८० जना सक्रिय सङ्क्रमित रहेका छन् ।कोभिड–१९ को सङ्क्रमणबाट थप ९ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ८०३ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो

    • प्रकाशित मितिः माघ २२, २०७८
    • २०२ पटक पढिएको
  • वर्षाले इँटा गल्दा करोडौंको नोक्सानी

    सिरहा,माघ २२ गते। हिउँदे वर्षाका कारण सिरहामा १५ करोड रुपैयाँ भन्दा बढी मूल्यको बराबरको ५ करोडभन्दा बढी पकाउन ठिक्क परेको काचो इँटा गलेको छ ।बिहीवारदेखिको वर्षाका कारण पकाउन तयारी अवस्थामा राखिएका काँचो इँटामा क्षति पुगेको इँटा उद्योग व्यवसायी संघका सिरहा जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य विक्रम साहले जानकारी जानकारी दिए ।सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा तयारी अवस्थामा राखिएको ५ करोड भन्दा बढी इँटा पूर्णरुपमा नष्ट हुँदा १५ करोड रुपैयाँ बराबरको क्षति भएको उनले बतए । उनले आफ्नै उद्योगमा मात्र ४५ लाखभन्दाबढी मूल्यको इँटा गलेबो बताए । एउटा इटा फर्माबाट निस्किदासम्ममा ३ रुपैयाँ लागत पर्ने व्यवसय

    • प्रकाशित मितिः माघ २२, २०७८
    • १५१ पटक पढिएको
  • आइतबारदेखि मौसम सुधार हुने

    सिरहा,माघ २२ गते । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षासमेत भइरहेको छ ।अपराह्नपछि उपत्यकाको मौसममा सामान्य सुधार आउने जनाइएको छ । प्रतिकूल मौसमकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा आइएफआर प्र

    • प्रकाशित मितिः माघ २२, २०७८
    • १५० पटक पढिएको
  • बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना ः ८ जनाको मृत्यु, ५ घाइते

    प्युठान,माघ २२ गते । प्युठानमा भएको जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन् । शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटास्थित करिब १ सय ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । बेहुलासहित ५ जना घाइते छन् । घाइतेलाई थप उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः माघ २२, २०७८
    • १४४ पटक पढिएको
  • ट्रक र बस ठोक्किंदा ३ जनाको मृत्यु, १३ जना घाँइते

    सिरहा,माघ २२ गते । सुनसरीमा ट्रक र बस ठोक्किंदा तीन जनाको मृत्यु र १३ जना घाइते भएका छन् ।शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका(३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका थिए ।दुर्घटनापछि दुवै सवारिमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ मृत्यु हुनेमा बस चालक पाँचथरका सुरेन राई, बसमा सवार एक जना पुरुष र ट्रक चालक  रहेका छन् । दुई जनाको सनाखत नभएको प्रहरीले जनाएको छ ।दुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दि

    • प्रकाशित मितिः माघ २२, २०७८
    • १४२ पटक पढिएको
  • कामविहीन बने अनुसन्धान केन्द्र

    काठमाडौँ, माघ २२ गते । विज्ञान प्रविधिबारे अनुसन्धान र नवीनतम् आविष्कार गर्न स्थापित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र ९रिकास्ट० यतिबेला थला परेको छ । रिकास्टमा १४ जना प्राध्यापक कार्यरत छन् । कार्यकारी निर्देशकदेखि प्राध्यापकसमेत कार्यालय छिर्नासाथ कस्तो अनुसन्धान गर्ने र अनुसन्धानका लागि स्रोत कसरी जुटाउने भन्नेमा चिन्तित हुन्छन् । रिकास्टका कार्यकारी निर्देशक डा। रामनाथप्रसाद यादवले भन्नुभयो, “विश्वविद्यालयबाट सहयोग नहुँदा कार्यालय बेवारिसे बनेको छ ।” उहाँका अनुसार विश्वविद्यालयले रिकास्टका प्राध्यापक तथा कर्मचारीलाई तलबबाहेक अनुसन्धानका लागि

    • प्रकाशित मितिः माघ २२, २०७८
    • १३१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२