सिरहा, माघ २४ गते –  समयमा पर्याप्त मल नपाउँदा यस वर्ष सर्लाहीमा आलु उत्पादनमा कमी आएको छ । व्यावसायिक रूपमा आलु खेती गर्दै आएका किसानले समयमा रासायनिक मल उपलब्ध नहुँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताएका छन् । किसानले यो वर्ष आलुको मूल्यसमेत नपाएको गुनासो गरेका छन् ।

व्यावसायिक रूपमा आलु खेती गरेका किसानले रोप्ने समयमा प्रतिकेजी २५ देखि ३० रुपियाँसम्ममा किनेर रोपेको आलु अहिले आफूले उत्पादन गरेर बेच्ने समयमा प्रतिकेजी १५ रुपियाँमा बिक्री गर्न बाध्य भएका छन् । छिमेकी मुलुक भारतबाट सस्तो मूल्यमा आलु भित्रिएकाले यहाँका किसानले उत्पादन गरेको आलुले भाउ पाउन सकेको छैन । बरहथवा नगरपालिका–१, हजरियाका किसान रामकुमार नेपालले लामो समयदेखि व्यावसायिक रूपमा आलु खेती गर्दै आउनुभएको छ ।  यस वर्ष १५ कट्ठा क्षेत्रफल जमिनमा आलु खेती गरेको नेपालले बताउनुभयो । आलु गत वर्ष प्रतिकट्ठा आठदेखि १० क्विन्टलसम्म उत्पादन भएको भए पनि यस वर्ष प्रतिकट्ठा पाँच क्विन्टल मात्र उत्पादन भएको नेपालले बताउनुभयो । जसले गर्दा खर्च उठाउन पनि मुस्किल परेको उहाँले गुनासो गर्नुभयो ।download

नेपालले १५ कट्ठामा लगाएको आलुबाट गत वर्ष सबै खर्च कटाएर एक लाख २५ हजार रुपियाँ आम्दानी गरेको भए पनि यो वर्ष भने आलु उत्पादनमा दोब्बरले कमी आएपछि ९० हजार रुपियाँमा चित्त बुझाउनुपरेको छ । “बीउ र मल किन्ने बेला अत्यन्त महँगो प¥यो, त्यसअनुसार अहिले आलुको मूल्य नै छैन,” नेपालले भन्नुभयो । यस्तै बागमती नगरपालिका–६, राजघाटका किसान पनिलाल रामले पनि यो वर्ष आलु खेतीबाट लागत उठाउनसमेत हम्मेहम्मे परेको गुनासो गर्नुभयो । “गत वर्ष आलु प्रतिकेजी २० रुपियाँमा बिक्री गरेका थियौँ, यो वर्ष १५ रुपियाँमा बेच्नुप(यो,” किसान रामले भन्नुभयो, “यो वर्ष आलुबाट लागत र हैरानीसमेत उठेन । ” आलु लगाउने समयमा किसानले युरिया र डीएपी मल नपाएपछि छिमेकी मुलुक भारतबाट लुकिछिपी ल्याएको मल गुणस्तरहीन रहेको किसान बताउँछन् । सर्लाहीमा उत्तर–पश्चिम भेगमा पर्ने हजरिया, राजघाट, बरहथवा, मानपुर, शङ्करपुरलगायत क्षेत्रमा व्यावसायिक रूपमा आलु खेती हुने गरेको छ । यहाँ लालगुलाब, कुप्रीसिन्दुरे, बिबिरे केतु र कोमल जातको आलु विशेष रूपमा उत्पादन हुने गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्रका सर्लाहीका अनुसार जिल्लाभर एक हजार चार सय हेक्टरमा आलु खेती हुने गरेको छ । किसानले मकैलगायतको बालीमा समेत अन्तरबालीको रूपमा आलु खेती गर्दै आइरहेका छन् । जिल्लामा शीत भण्डारणको व्यवस्था नहुँदा उत्पादन भएको आलु तत्कालै बेच्नुपर्दा राम्रो भाउ नपाएको किसानको भनाइ छpotato-farming