सिरहा,माघ २४ गते – महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले सिरहामा जिल्ला स्तरीय कार्यक्रम व्यवस्थापन तथा परामर्श समिति एक कार्यक्रमबीच गठन गरेका छन् ।  ओरेकका अध्यक्ष डा। रेणु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले गर्नुभएको थियो । 

छलफलबाट ओरेककी आजिवन सदस्य रिता महतोको संयोजकत्वमा ९ समिति गठन गरेका हुन् । सदस्यहरुमा महिला सामुदायिक संस्थाको तर्फबाट बबिता मिश्र, द्रोपती साह, महिला मानव अधिकार रक्षक संजालबाट रेणु कर्ण,रिक्मा विश्वकर्मा, मानव अधिकार रक्षक संजालबाट देवराज पोखरेल, ब्लुडाइमण्ड सोसाइटीबाट लक्ष्मेश्वर यादव , अपाङ्ग पुर्नस्थापना केन्द्रबाट संजय अग्रवाल र संचारकर्मीबाट एलिना हिङ्गवान चयन हुनुभएका छन् । 

सम्बन्धित जिल्लाहरुमा समुदायको आवश्यकता अनुसारको कार्यक्रमको पहिचान, योजना तर्जुमा एवं सहकार्यको माध्यमबाट समुदायतहदेखि स्वप्रतिनिधिमूलक संस्थाहरुको अगुवाइमा प्रभावकारी रुपले अगाडि बढाउने, समुदायतह देखि महिलाहरुको नेतृत्वमा सामाजिक रुपान्तरणको अभियानलाई बलियो बनाउने, जिल्लामा संचालित वा सञ्चालन हुने अभियान तथा कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कन प्रक्रियालाई समुदायमा आधारित सहभागी मूलक बनाउँदै कार्यन्वयन प्रकियालाई उपलब्धीमुलक बनाउने उदेश्यले  समिति गठन गरेको ओरेका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिनुभयो ।