काठमाडौं,माघ २४ गते – नेपाल वायुसेवा निगमले न्यारोबडी ए३२० विमान ९एन(एकेडब्लूको इन्जिन फेर्न नेदरल्याण्डको कम्पनी छनोट गरेको छ ।
इन्जिन बिग्रेर कतारको दोहा विमानस्थलमा ग्राउण्डेड न्यारोबडीको इन्जिन फेर्न ग्लोबल टेण्डरमार्फत नेदरल्याण्डको आम्सटरडममा रहेको एमटीयू मेन्टिनेन्स लिज सर्भिस बी।भी कम्पनी छनोट गरेको हो । उक्त कम्पनीबाट निगमले इन्जिन भाडामा लिएर फेर्न लागेको प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनकाअनुसार इन्जिन भाडामा लिने प्रक्रिया अघि बढाइएको छ ।
काठमाडौंबाट २८ डिसेम्बरमा दोहा उडेको न्यारोबडी जहाजमा सुरक्षित अवतरणपश्चात पार्किङ गर्ने क्रममा विमानको बायाँतर्फको इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । इन्जिन भाडामा लिएर अहिले ग्राउण्डेड जहाजलाई उडाउने र बिग्रिएको इन्जिन मर्मत गरी फेरि जडान गर्ने निगमको योजना छ । जनअन्तर्गत इन्जिन भाडामा लिने प्रक्रिया बढेको छ । त्यसैगरी न्यारोबडीको बिग्रिएको इन्जिन सिरियल नम्बर भी१७५८४ लाई आवश्यक मर्मत सम्भार गर्ने कम्पनी छनोटका लागि २४ जनवरीमा ग्लोबल टेण्डर आह्वान गरिएको छ




















