X wada

मुख्य समाचार

    Showing १,८०१-१,८१० of २,९७२ items.
  • भिजिट भिसाको जोखिम : ‘टिकट’ दिल्ली र कोलम्बोको, गन्तव्य दुबई

    काठमाडौं,माघ २६ गते –  गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलुक जान रोक लगाएपछि मानव तस्करहरुले नयाँ रुट खोज्न थालेका छन्। केही म्यानपावर व्यवसायीहरु नै सर्वसाधारणबाट महंगो पैसा लिएर भिजिट भिसामा मलेसिया र खाडी मुलुक पठाउने गर्दै आएका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसा भएकाहरुलाई प्रस्थान अनुमति नदिएपछि मानव तस्कहरुले भारत, श्रीलंका हुँदै मलेसिया र खाडी मुलुक पठाउने प्रयत्न गरेको खुलेको छ। गत शुक्रबार धादिङकी रुपा तामाङ भारतको नयाँदिल्ली जाने भन्दै विमानस्थल पुगिन्। एयरलाइन्सले उनलाई बोर्डिङ पास दियो तर अध्यागमनले नयाँ दिल्ली जाने प्रस्थान अनुमत

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १४९ पटक पढिएको
  • पेट्रोलियमको मूल्य वृद्धिबारे छानबिन हुने

    काठमाडौं, माघ २६ गते – पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिको छानबिनका लागि सङ्घीय संसद्ले समिति गठन गरेको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मूल्यवृद्धि छानबिनका लागि तीन सदस्यीय उपसमिति गठन गरेको हो ।राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको सभापति निरादेवी जैरुले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘निरन्तरको मूल्यवृद्धि मात्र विकल्प जस्तो भएको छ । सरकारले उपभोक्तालाई कसरी राहत दिनसक्छ रु मूल्यवृद्धिलाई नियन्त्रण गर्ने वैकल्पिक उपाय के हुनसक्छ रु भन्ने समेतको सुझाव दिनेगरी उपसमिति गठन भएको

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १६५ पटक पढिएको
  • स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो दलित समुदाय

    सिरहा, माघ २६ गते –  सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै मधेस प्रदेशमा दलित समुदायले आफ्नो प्रतिनिधित्व बढाउन चुनाव केन्द्रित बहस र छलफल थालेको छ । दलित समुदाय अबको निर्वाचनमा आफ्नो समुदायका व्यक्तिलाई उम्मेदवार बनाउन र जिताउने योजनामा जुटेको हो ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिमा दलित र महिलाको प्रतिनिधित्व कसरी बढाउने भन्ने विषयमा दलित समुदायले समुदायस्तरमा बहस र छलफल सुरु गरेको हो । दलित सरोकार मञ्च नेपालको अगुवाइमा सुरु भएको निर्वाचन केन्द्रित बहस र छलफलमा सहभागी दलित समुदायका अगुवाले आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चितताका लागि स्थानीय तहमा द

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १४१ पटक पढिएको
  • एमसीसीमा नेपालकै पूर्ण स्वामित्व

    काठमाडौँ, माघ २६ गते –  ग्रामीण ऋणग्रस्तता, आर्थिक पछौटेपन तथा कृषिमा आश्रित जीवनशैलीले देशको आर्थिक रूपान्तरण सुस्त छ । विकास कार्यमा लिइएको वैदेशिक ऋणको भार हरेक नेपालीको टाउकोमा थपिँदैछ ।यति हुँदाहुँदै पनि अनुदानमा आधारित एउटा सहायतामा भएको अति राजनीतिकरणले नागरिक तहमा गम्भीर शङ्का सिर्जना भएको छ । आर्थिक वृद्धिका माध्यमबाट गरिबी निवारण गर्ने आदर्श नीतिका साथ सन् २००३ मा अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन प्रक्रिया सुरु हुनैलाग्दा अनेकथरी बहस जारी छन् । बौद्धिक क्षेत्रका अगुवाले एमसीसी सम्झौताले देशको सार्वभौमिकतामाथि कुनै असर नगर्ने बताउनु

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १२१ पटक पढिएको
  • धनुषा संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष साहमाथि संघातिक आक्रमण

    सिरहा,माघ २६ गते – मधेश प्रदेशका स्थायी राजधानी जनकपुरधाममा धनुषा संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष अरमान कुमार साहमाथि संघातिक आक्रमण भएको छ ।स्थानीय बजरंग चोकमा रहेको जानकी हेल्थ केयरबाट घर जाने क्रममा अचानक ३,४ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले सडकमा आएर अध्यक्ष साहमाथि आक्रमण गरेको साहले बताए । आक्रमणबाट उनको आँखामा चोट लाग्दा देख्नै न सकिने अवस्था रहेको छ । त्यस्तै उनको हातमा पनि चोट लागेको देखिएको छ । घाइते साहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ 

    • प्रकाशित मितिः माघ २६, २०७८
    • २०० पटक पढिएको
  • स्थानीय तह निर्वाचनका लागि माग्यो ३८ अर्ब रुपैयाँ बजेट

    सिरहा,माघ २५ गते । अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि ३८ अर्ब रुपैयाँ बजेट माग भएकोे बताएको छ ।अर्थ मन्त्रालयले १२ अर्ब निर्वाचन आयोगले र सुरक्षा निकायले २६ अर्ब रुपैयाँ बजेट माग गरेको जनाएको छ । सरकारले आगामी बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै अर्थ मन्त्रालयसँग माग गरेको हो । ५ वर्ष अगाडि निर्वाचन आयोगले तीन चरणमा भएको स्थानीय तह निर्वाचनको लागि ८ अर्ब खर्च गरेको थियो । अहिले १२ अर्ब बजेट चाहिने माग गरेको हो ।अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले स्थानीय तह निर्वाचनको लागि करिब ३८ अर्ब बजेट मा

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १४६ पटक पढिएको
  • श्रमिकका लागि छुट्टै अस्पताल,सम्भाव्यता अध्ययन गर्न टोली गठन

    काठमाडौँ, माघ २५ गते – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गठन गर्नुभएको छ । श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा अस्पताल निर्माण सम्भाव्यताको अध्ययन टोली गठन गर्नुभएको हो । सो टोलीले अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोतसाधन, सञ्चालन मोडालिटीलगायत पक्षबारे अध्ययन गर्ने जनाइएको छ ।अध्ययन टोलीमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकका साथै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १७८ पटक पढिएको
  • चोरीका सामग्रीसहित २ जना पक्राउ

    सिरहा,माघ २५ गते – प्रहरीले चोरीका सामग्रीसहित दुईजनालाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनानीका अनुसार चन्द्रपुर नगरपालिका– ७ रौतहटका अलिअक्तर मन्सुर र सोही स्थानका आकाश चौधरीलाई पक्राउ गरिएको हो । साथै उनीहरूको साथबाट एक थान रिक्सा, एउटा टिभी र फलामको सेफसमेत बरामद गरिएको प्रहरीले जनाएको । साथै यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १७४ पटक पढिएको
  • राप्रपाबाट अलग हुने कमल थापाको घोषणा

    सिरहा,माघ २५ गते – राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गर्नुभएको छ ।हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो । थापा पक्षले सोमबार दिउँसो छुट्टै भेलाको आयोजना गरेको थियो । भेलामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी हुनुभएको थियो ।महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्वअध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको आशंका गरिएको भोलिपल्ट थापाले थापाले राप्रपाबाट अलग हुने घोषणा गर्नुभएको हो । तर थापाले नयाँ पार्टी खोल्ने या कुनै पार्टीमा आवद्द हुने भन

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १३२ पटक पढिएको
  • सुरुङ र आकाशे पुलको डिजाइन स्वीकृत

    काठमाडौं माघ २५ गते –  निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने आकाशे पुल ९हाई ब्रिज०को डिजाइन स्वीकृत भएको छ । द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्ग तथा पुलको डिजाइन कार्य सम्पन्न भई स्वीकृत भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको छ ।सेनाका सहायक रथी तथा प्रवक्ता नारायण सिलवालका अनुसार सुरुङ मार्ग तथा हाई ब्रिजको डिजाइन स्वीकृत भएसँगै निर्माण कम्पनीहरूले सर्भेको कामसमेत सुरु गरिसकेका छन् । दुई महिनाभित्र सर्भे सकेर निर्माण थालिनेछ । द्रुत मार्गमा पर्ने कुल ६।०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा हाई ब

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १४९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२