बर्दिया,माघ २७ गते –  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपालिका(४ अस्नेरी बस्ने २९ वर्षीय वीर बहादुर रोकालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

रोकाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ