सिरहा,माघ २७ गते – सुनको भाउ आज पनि बढेको छ ।
आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९३ हजार ९ सय रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ




















