काठमाडौं,फागुन १० गते – त्रिअवि अध्यागमन कार्यालयले विभिन्न देश हिँडेका ८ जना नेपालीलाई रोकेको छ। सोमबार दुबई , केन्या, कतार र कुवेत हिँडेका ८ जना नेपालीलाई शंकास्पद यात्राु भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ। उनीहरुले कसैले पनि भिटिज भिसामा खाडी मुलुक जानुपर्ने उद्देश्य पुष्टि गर्न सकेनन्। फिर्ता हुनेमध्ये केहीले भारत जाने बहानामा दुबई छिर्न खोजेको भेटियो भने केहीले श्रीलंका जाने बहानामा खाडी मुलुक जान खोजेको भेटिएको अध्यागमनका अधिकारीले बताएका छन्।भारत हिँडेकी मोरङकी सुनिता कार्की, माल्दिभ्स हिँडेकी बर्दियाकी रेखा सुनुवार
सर्लाही,फागुन १० गते – जिल्लाको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्याल आतंक बढेको छ । मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका– २ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आक्रमण गरेको हो । स्यालको टोकाईबाट १५ जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । स्यालको आक्रमणबाट बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन्ए काबिहानै गाउँ पसेको दुईवटा स्यालले घरमा काम गर्दै गरेका बेला आक्रमण गरी टोकेर घाइते बनाएको विष्णु गाउँपालिका वडा नम्बर– २, नदिया पकडीका रामजनम मुखियाले बताए । स्यालले मुखियाको औला खाइदिएको छ । यस्तै घाइतेमध्य दुईजनालाई थप उपचारका
काठमाडौं,फागुन १० गते – अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०, नेपाल कम्प्याक्ट सम्झौता हो कि सन्धि रु यो प्रश्न सर्वोच्च अदालत पुगेको छ ।वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले एमसीसी सम्झौता सन्धिको श्रेणीमा नपर्ने दाबी गर्दै रिट निवेदन पेश गरेका हुन् । भियना अभिसन्धि र सन्धि ऐन अनुसार सम्झौतालाई सन्धिको मान्यता दिन नमिल्ने वरिष्ठ अधिवक्ता डा। भण्डारीको जिकिर छ । ‘नेपाल सन्धि ऐन, २०४७ र विभिन्न अन्तर्राष्ट्रिय कानुन मुताबिक सन्धिको श्रेणीमा नै नपर्ने भएको हुँदा, सिंगो संवैधानिक र कानुनी संरचनालाई नै तेजोबध गर्ने प्रावधानले उक्त कम्प्याक्ट नेपालको रा
सुनसरी,फागुन १० गते – झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको हत्या आरोपमा शंकास्पद तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । सुनसरीको धरान–४ स्थित जंगलमा सिग्देलको शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरका अनुसार शंकास्पद तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएनन् ।अहिले अनुसन्धानकै क्रममा रहेकाले थप विवरण सार्वजनिक गर्न नमिल्ने उनको भनाइ छ । प्रारम्भिक अनुसन्धानका आधारमा शंकास्पद उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको प्रहरीको भनाइ छ । मृतक सिग्देल हालै वैदेशिक रोजगारीबाट फर्केको बताइएको छ ।
काठमाडौं,फागुन १० गते – भन्सार छलि अवैध रुपमा ल्याउँदै गरेको ९ सय ३६ ग्राम अर्धठोस सुन सहित बंगलादेशी नागरिक राहदानी नम्बर ए००२६२२२९ वाहक ४७ वर्षीय मोहम्मद तोफिक उल्लाहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा खटीएको प्रहरीले जाँच गर्ने क्रममा जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई र भित्री वस्त्रमा समेत लुकाई ल्याएको उक्त सुन फेला पारी पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उनले उक्त सुन भारतीय नागरिक राहदानी नम्बर यू५४४०२८१ वाहक ४० वर्षीय पारस नाथ साहले भन्सार छलि ल
काठमाडौं,फागुन १० गते – प्रहरीले लुकिछिपी बस्दै आएका चिनियाँ नागरिकसहित ३७ जनालाई मध्यबानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ। प्रहरीले गएराती उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुलाई नयाँ बानेश्वर वृतमा राखिएको छ। उनीहरु कल बाइपासमा संलग्न रहेको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं, फागुन १० गते – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोगले अर्थ मन्त्रालयमा बजेट प्रस्ताव पठाएको जानकारी दिनुभयो । निर्वाचनमा लाग्ने खर्चको करिब ९० प्रतिशत बजेट जिल्ला, प्रदेश र निर्वाचन अधिकृतको कार्यालयमा खर्चिने गरी बजेट तयार गरिएको उहाँले बताउनुभयो ।प्रवक्ता पौडेलले भन्नुभयो, “अधिकांश बजेट जिल्लामार्फत मतदान केन्द्रमा खटिने कर्मचारी तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत खर्चिन
सिरहा,फागुन १० गते – सुनको भाउ आज आठ सय रुपैयाँले बढेर तोलाको ९७ हजार रुपैयाँमा पुगेको छ ।हिजो तोलामा ९६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय १५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सिरहा,फाल्गुन ९ गते । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपालले आज सिरहाको जिरोमाईलमा मसाल जुलुस प्रर्दशन गरेकोे छ । एमसीसीको एजेण्डालाई संसद्मा टेबुल गराएर भित्र–भित्रै अनुमोदन गर्ने गम्भीर षड्यन्त्र भएको भन्दै आज धनगढीमाई नगरपालिकाको जिरोमाईलमा वाईसिएलका जिल्ला सभापति विवेब परियारको नेतृत्वमा मसाल जुलुस प्रदर्शन गरिएको हो ।माउ पार्टीका शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्ने दिशातर्फ अघि बढिरहेको भन्दै प्रदर्शनकारीहरूले खबरदारी समेत गराएको छ ।सर्वसाधारण,युवा तथा वाईसिएल कार्यकर्ताको बाक्लो उपस्थिति रहेको प्रदर्शनलाई आजबाट चरणवद्धरुपमा अगाडी बढाइने माओवाद
काठमाडौं,फागुन ९ गते – नेपालमा १ वर्षको अवधिमा दोस्रोपटक ‘युरेनियम’ बरामद गरिएको छ । फागुन २ मा बौद्धस्थित ह्यात रिजेन्सी होटलको पार्किङबाट प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले २ केजी ८ सय ग्राम युरेनियम बरामद गरेका हुन् । सो युरेनियम कारोबारी बारे महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । यसअघि २०७७ फागुनमा काठमाडौँ महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले साढे २ किलो युरेनियम बरामद गरेको थियो । बरामद गरिएको बस्तुमा युरेनियमको मात्र कत्ति छ भन्ने यकिन भैसकेको छैन । युरेनियमको मात्रा परीक्षणका लागी खानी तथा भूगर्भ विभागमा
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.