किभ,फागुन १३ गते – युक्रेनको राजधानी किभमा केही स्थानमा विष्फोट भएको खबर बीबीसी हिन्दीमा छ । सीएनएन टोलीले शुक्रबार बिहान किभमा दुईवटा ठूला विस्फोटको आवाज सुनिएको र तेस्रो शक्तिशाली विस्फोट राजधानीबाट अलग्गै भएको बताएको छ।

पूर्व गृह उप(मन्त्री एन्टोन हाराशेन्कोले युक्रेनको समाचार एजेन्सीसँग विष्फोटको आवाज सुनेको बताएका छन्। उनले क्रुज वा ब्यालिस्टिक मिसाइलको प्रयोग भएको बताएका छन् । युक्रेनी सेनाले यस विषयमा अहिलेसम्म केही बोलेको छैनन् ।

युक्रेनको गृह मन्त्रालयका एक अधिकारीले रुसी विमानलाई डार्निटस्कीमा खसालेको बताएका छन् । रुसी जेट ७ ए कोशिट्सिया स्ट्रिट नजिकै दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन्