सिरहा,फागुन १३ गते – नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह विवादको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि करणी सम्बन्धी कसुरमा उनीविरुद्ध जाहेरी दर्ता भएसँगै उनी विवादको केन्द्रमा रहेका हुन् । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका हुन् ।

जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ । शाहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ । शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर, पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गाली गर्नेको ओइरो लागेको छ । केहीले भने पल शाहको बचाउ पनि गरेका छन् ।

कतिपयले व्यक्ति विशेष जोडिएको घटनालाई लिएर पूरै कला क्षेत्रलाई गाली गरेकोमा गुनासो गरेका छन् । नेपाली कला क्षेत्रमा लागेका व्यक्तिहरुको धारण पनि यही छ । नेपाली कला क्षेत्रमा यो घटनाको असर कस्तो रहला रु धेरैको चिन्ताको विषय हो । हामीले पनि यस विषयमा केही कलाकर्मीसँग प्रश्न राखेका थियौं