सिरहा,फाल्गुन १२ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ७ फुलबरिया टोलमा प्रदेश सरकारको सहयोगमा सामुदायिक भवन बने पछि उक्त टोलका स्थानीयहरु खुसी भएका छन् । 

प्रदेश नं. २ अन्तर्गत क्षेत्र नं. ४ क बाट निर्वाचित भएका सांसद दिलपि साहको संसदीय विकास कोषबाट १० लाखको लागतमा भवन बन्ने पछि सामाजिक कामको लागि अन्यत्र ठाउँको खोजी गर्नुपर्ने वाध्यता हटेको स्थानीयले जनाउनु भयो ।  

अहिले नायाँ सोचको आधारमा संसदिय कोषको बजेट आई रहेको छ  त्यो बजेट राम्रो संग सदुपयोग भईरहेको छ । दलित वस्तिहरुमा बैठक,भेला, भोज भतेर गर्न दलान ,धर्मउशाला नभएको अवस्था छ । विहेवारी गर्दा धेरै समस्या देखेकोले यस्ता समस्या न्यूनिकरण गर्न लाई मैले आफनो क्षेत्रमा दलान,धर्मशाला,सामुदायिक भवन बनाएको सांसद दिलिप साहले उल्लेख गर्नु भयो ।   

भवन अभावमा यसअघि गाउँमा हुने विवाह, ब्रतबन्ध, भेला लगायतको कामकाजको लागि अन्यत्र धाउनुपर्ने वाध्यता थियो । वर्षौदेखि भवन अभावमा खेप्दै आएको समस्या हटकोे स्थानीय बताउँछन् । 

यस अघि कुनै बैठक,भेला र भेज भतेर गर्दा जस्को फराकीलो भएका ठाउँ हुन्थ्यो त्यही भोज भतेर गर्ने गरेको थियो । अब भवन बने पछि स्थानियलाई सहज भएको स्थानियले बताउनु भयो । २५० घरको बस्ती रहेको फुलबरियामा संसदीय विकास कोषले रकम खर्चिएर बनेकोे भवनले स्थानीयको समस्या समाधान समेत भएको छ ।