X wada

मुख्य समाचार

    Showing १,५७१-१,५८० of २,९७२ items.
  • प्रचण्डको सचिवालयले भन्यो– विचार र विवेक पुर्‍याएर एमसीसी अनुमोदान

    काठमाडौं,फागुन १६ गते – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घट्नाक्रमबारे विशेष सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाबाट आइतबार ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित भएपश्चात बिकसित राजनीतिक घटनाक्रमका विषयमा प्रचण्डले आज सम्बोधन गर्न लागेका हुन् ।प्रचण्डले अपराह्न ३ बजे आफ्नै निवास खुमलटारमा विशेष सम्बोधन गर्न लागेका हुन् । माओवादी केन्द्रको सचिवालयले अमेरिकी सहयोग परियोजना एमसीसी लगायत बिकसित राजनितिक घटनाक्रमबारे प्रचण्डले बिशेष सम्बोधन गर्ने जनाएको हो । प्रचण्डका स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • ११९ पटक पढिएको
  • एमसीसी सम्झौता संसदबाट बहुमतले अनुमोदन

    काठमाडौं,फागुन १६ गते – नेपाल सरकार र अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी०बीच भएको अनुदान सहायता सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।आइतबार साँझ ११बुँदे व्याख्यात्मक घोषणा समेटिएको पुरक प्रस्तावसहित एमसीसी सम्झौता संसदको बहुमतले पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता र व्याख्यात्मक घोषणासहितको पुरक प्रस्तावलाई दोस्रो बैठकमा प्रस्तुत गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तावलाई ध्वनिमतको प्रक्रियाबाट निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता अनुमोदन गरेको हो ।यसअघि पहिलो बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफल भएको

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • १०९ पटक पढिएको
  • महाशिवरात्रिको व्रत कसरी बस्ने ?

    सिरहा,फागुन १६ गते – महाशिवरात्रिमा व्रत बस्ने तथा पूजा गर्ने आफ्नै विधिविधान तथा नियम छन् ।उपवासको प्राथमिक उद्देश्य शरीर तथा मस्तिष्कलाई नियमित जीवनबाट अत्यावश्यक ब्रेक दिनु पनि हो । व्रत बस्दा शरीरमा भएको टक्सिनबाट छुटकारा प्राप्त गर्न मद्दत मिल्छ । व्रतमा तामसिक गुण भएका उत्तेजनात्मक खानेकुरा खानबाट बचिन्छ । व्रतमा ब्रह्मचर्यको पालनले आत्म(संयमको अभ्यास हुन्छ ।व्रत बस्ने निर्णय लिनुअघि आफ्नो स्वास्थ अवस्था कस्तो छ ध्यान पुर्याउनुपर्छ । खराब स्वास्थ स्थितिमा व्रत बस्दा त्यसले स्वास्थ्यमा थप नकारात्मक असर पार्न सक्छ ।व्रतका दिन ब्रह्म मुहूर्तमा उठि नित्य कर्म र स्नान गरि सफा र चोखो पहिरन लगा

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • १९७ पटक पढिएको
  • स्थानीय निर्वाचनका लागि ८० वटा दल दर्ता

    सिरहा,फागुन १६ गते – स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो । आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार आइतबार अपराह्न ५ बजेसम्म स्थानीय निर्वाचन, २०७९ मा सहभागी हुन ८० वटा दल दर्ताका लागि निवेदन दिएका हुन् । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगबाट ११० वटा दलले मान्यता प्राप्त गरे पनि स्थानीय निर्वाचन, २०७९ मा भाग लिन ८० दल मात्रै दर्ता भएको जानकारी दिए । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ ले आयोगमा दर

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • १४४ पटक पढिएको
  • सिरहा:मारुति सिमेन्ट उद्योगको लापर्वाहीका कारण मजदुरको मृत्यु

    सिरहा,फाल्गुन १६ गते । उद्योगको लापर्वाहीका कारण सिरहाको मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । उद्योगमा प्रोजेक्ट साईडको एसआरएम ईन्जिनियरको रुपमा कार्यरत वेल्डर सरुवारानी गापा ६ प्यूठान का २८ वर्षिय बेच बहादुर पुण मगरको काम गरिरहेको अबस्थामा फलामे पाइपले टाउकोमा लागेर मृत्यु भएको हो ।काम गरिरहेको अवस्थामा चेनपुल्लिले माथि तानिरहेको फलामे पाइप झरेर टाउकोमा लाग्दा मगरको घटनास्थलमै मृत्यु भएको ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष रामपुकार कामतिले जानकारी दिए ।पुनको मृत्यु पछि विहानै देखि मजदुरहरुले घटनाको छानविन गरी लापर्वाही गर्नेलाई कार्वाहीको माँग राख्दै उद्योग बन्द गरेको

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • १३७ पटक पढिएको
  • सहकारीका अध्यक्ष माथि चोरीको आरोप

    जनकपुर,फाल्गुन १६ गते । धनुषाको एक पालिकामा रहेको सहकारीमा वर्तमान अध्यक्षले नै लाखौ रुपैयाँ चोरी गरेको भन्दै संस्थापक अध्यक्षले आरोप लगाएका छन् । धनुषाको कमला नगरपालिका वडा नम्बर ६ स्थित सिंग्याही मडानमा रहेको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडमा अध्यक्षले नै चोरी गरेको संस्थापक अध्यक्षले आरोप लगाएका हुन् । गत माघ १५ मा सहकारीको कार्यालयमा भएको चोरीमा अध्यक्ष कामेश्वर मण्डलको संलग्नता रहेको संस्थापक अध्यक्ष रामदयाल महतोले एक पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएका छन् । गत माघ १५ गते भएको सिंग्याही मडानमा रहेको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडको कार्यालयबाट २्३ थान ल्याप

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • १४२ पटक पढिएको
  • दूधको गाडी र बसमा तोडफोड, ६ जना बन्दकर्ता पक्राउ

    सिरहा,फाल्गुन १६ गते । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् । सोमबार बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता ९एसपी० दिनेशराज मैनालीले  बताए ।बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्यु

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • ११६ पटक पढिएको
  • युक्रेनमा ४ सय नेपाली सम्पर्कमा, उद्धार गर्न समिति गठन

    काठमाडौं,फागुन १५ गते – युक्रेनमा रहेका नेपालीको उद्धार हुने भएको छ । गैरआवासीय नेपाली संघले दूतावासको सहयोगमा उद्धार गर्न लागेको हो । संघको सक्रियतामा रुस – युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति गठन भएको छ । समितिले युक्रेनबाट सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गरी नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटका लागि समन्वयन गर्नेछ । सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शका लागि एनआरएनए राष्ट्रिय समिति परिचालन हुने भएको छ ।  उद्धारको लागि स्थानियरुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुका लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १५६ पटक पढिएको
  • उत्तर कोरियाद्वारा पुन: ब्यालेस्टिक मिसाइल परीक्षण

    प्योङयाङ,फागुन १५ गते  – उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले आइतबार बिहान मिसाइल परीक्षण गरेको हो । जापानको क्योडो न्युजले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गरेको छ।क्योडोको रिपोर्टमा भनिएको छ, ‘यो मिसाइल जापानको सागरतर्फ प्रक्षेपण गरिएको छ। यो ब्यालिस्टिक मिसाइल हुन सक्छ। यो जापानको बाहिरी विशेष आर्थिक क्षेत्रमा देखिएको थियो।’ जापानले आफ्ना जहाजहरूलाई पनि सतर्क रहन निर्देशन दिएको छ ।जनवरीमा उत्तर कोरियाले आफ्नो सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको थियो।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १३४ पटक पढिएको
  • एटीएम फोर्दै गरेको अवस्थामा पक्राउ

    काठमाडौं,फागुन १५ गते – काठमाडौं महानगरपालिका १, नक्साल भगबतीबहालस्थित सगरमाथा इन्स्युरेन्स भवनमा रहेको एनआईसी एसिया बैंकको एटिएमबाट नगद चोरी गर्न फोर्दै गरेको अवस्थामा सानोगौचरण बस्ने काभ्रे धुलिखेल ७ घर भएका २१ वर्षीय आकाश तामाङलाई प्रहरीले गएराति पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले आकाशलाई एटिएम फोर्न प्रयोग गर्ने औजारसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • ११८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२