जनकपुर,फाल्गुन १८ गते । धनुषाको विदेह नगरपालिका दिदी–बहिनी अदातलले गरेको फैसला कार्यान्वयन नहुँदा वर्षोदेखि बेगघर भएकी छिन् ।

विदेह नगरपालिका–७ बस्ने किशोरी देवी सुडि र उनकी बहिनी पार्वती देवी सुडिले अंश मुद्दामा जिल्ला अदालत हुँदै सर्वोच्च र पुनः जिल्लाबाट दुवै दिदीबहिनीको पक्षमा फैसला भईसक्दा पनि उनी अंश पाउन सकेकी छैनन् ।

२०४९ सालमै जिल्ला अदालतमा किशोरी देवी र पार्वतीले साढे ४ कठ्ठा जग्गा र त्यसमा भएको घरमा अंशका लागि आफ्ना काकाका छोरा वैद्यनाथ महतो विरुद्ध मुद्दा दर्ता गराएकी थिइन् । जिल्ला अदालतले सो मुद्दामा २०४९ साल चैत २४ गते दिदीबहिनको हकमा फैसला गरेको थियो । तर महतोले उक्त पैmसला विरुद्ध तत्कालीन पुनरावेदन अदालत अहिलेको उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका थिए । तर, उच्च अदालतले पनि उक्त मुद्दामा जिल्ला अदालतकै फैसलालाई सदर गरेपछि महतो सर्वोच्च अदालत पुगेका थिए ।