काठमाडौं,फागुन १७ गते – स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान)ले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुलाउन माग गरेको छ। इप्पानले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै भनेको छ, ‘प्राधिकरणले पीपीए नगर्दा ऊर्जा उद्यमीहरूको अर्बौं लगानी जोखिममा परेको छ।

त्यसैले तत्काल पीपीए खुलाउन माग गर्दछौं।’ ज्ञापनपत्र बुझ्दै घिसिङले आफू उद्यमीहरूको मागप्रति सकारात्मक र संवेदनशील  रहेको बताए। अहिले प्राधिकरणमा ९ हजार मेगावाटभन्दा बढी क्षमताका २ सय १५ वटा आयोजनाले प्रक्रिया र मापदण्ड पूरा गरेर पीपीएका लागि आवेदन दिएका छन्। उत्पादन अनुमतिपत्र लिएकाहरूले वार्षिक आय गुमाइरहेका छन्।

‘यसले एकातिर समग्र आयोजनाको लागत उच्च हुने र अर्कातिर निर्धारित समयमा आयोजना सम्पन्न हुन नसक्ने देखिन्छ। यसले नेपाल सरकारले लिएको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको राष्ट्रिय लक्ष्यमा समेत गम्भीर प्रभाव पारिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ। प्राधिकरणले हिउँदमा अर्बौंकोे विद्युत् आयात गरिरहेको तथ्यलाई बेवास्ता गरेर वर्षायाममा थोरै विद्युत् खेर गयो भन्ने बहानामा पीपीए बन्द गरेको इप्पानको आरोप छ। विज्ञप्तिमा थप भनिएको छ, ‘७ वर्षमा थप १७ खर्बभन्दा बढी लगानी गर्ने छ। तर प्राधिकरणको अकर्मण्यताले प्रवद्र्धकहरू निराश र अन्योलमा परेका छन्