X Sharama Funecure

मुख्य समाचार

    Showing १,४६१-१,४७० of २,९४७ items.
  • डाक्टरको लापरवाहीले सुत्केरी महिलाको पेटमै छुट्यो स्टिच निडिल सुई

    सिरहा,फागुन २३ गते – रौतहटमा डाक्टरहरुको लापरवाहीले सुत्केरी महिलाको पेटमा स्टिच निडिल सुई छुटेको घटना सार्वजनिक भएको छ । दुर्गा भगवती गाउँपालिका १ छतवनाका जितेन्द्र महतोकी १९ वर्षीय श्रीमती अम्बिका महतोको अप्रेसन गर्ने क्रममा डाक्टरहरुले पेटमा दुईवटा स्टिच निडिल सुई छुटाएका हुन् ।प्रसूति पीडा भएपछि अम्बिकालाई उनको परिवारले रौतहटको गंगा पिपरामा रहेको सरकारी अस्पतालमा भर्ना गरेका थिए । उनको अप्रेशनमा डा।संजितकुमार साह नेतृत्वको टोली खटिएको थियो ।  अम्बिकालाई गएराती सुत्केरीको बेथा लागेपछि सो अस्पतालमा पुर्याइएको उनको परिवारले जानकारी दिएको छ । सुरुमा डा।संजितकुमारको टोलीले तत्काल अपरेसन गर

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • १९० पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    सप्तरी,फागुन २३ गते–   १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग डाक्नेश्वरी नगरपालिका(३ हटेल बस्ने १९ वर्षीय चन्दन कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साहले ती बालिकालाई घर छेउको पोखरीको डिलमुनी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तरहिमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • १२३ पटक पढिएको
  • विद्यालय बन्द गरि नेपाली काँग्रेसको निर्वाचन समाचार संकलनमा अवरोध, पत्रकारहरु धर्नामा

    सिरहा, फाल्गुन २३ गते । विद्यालयको पठनपाठन ठप्प गरी नेपाली काँग्रेसको १४औं जिल्ला अधिवेशन अन्तर्गत सिरहाको गोलबजारमा मतदान जारी छ ।पठनपाठन बन्द गरि भैरहेको मतदान सम्बन्धमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई अवरोध गरिएको छ । प्रहरीले समाचार संकलन गर्न पुगेका विभिन्न संचारमाध्यम आबद्ध पत्रकारलाई मतदानको रिपोर्टिङमा अवरोध गरेपछि आन्दोलनमा उत्रेको छ । लोकतान्त्रिक पार्टीको जिल्ला अधिवेशनको समाचार संकलनमा अवरोध भएपछि पत्रकारहरुलले क्यामारा लगायतका संचार सामग्री राखेर आन्दोलनमा उत्रेका छन् ।अवरोधको विषयमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई जिज्ञासा राख्दा सुरक्षा निकायले सुरक्षा प्रदान गरिरह

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • ४१४ पटक पढिएको
  • प्रहरीका २० डीआईजी एआईजीको दौडमा, आईजीपीमा कसले मार्ला बाजी ?

    काठमाडौं,फागुन २३ गते – सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थपेपछि आकांक्षीहरूको दौडधुप जारी छ । तर, एआईजीमा क–कसले बाजी मार्छन् भन्ने टुंगो लागिसकेको छैन ।सरकारले स्थानीय तह निर्वाचन आचारसंहित लागु हुनुअघि नै एआईजीहरूको टुंगो लगाउने तयारी गरेको छ । प्रहरीमा एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् । हाल नेपाल प्रहरीमा जनपदतर्फ २० डीआईजी छन् । २० मध्ये १३ जना हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची छन् भने अरू सात आईजीपी क्षेत्रीकै वैकल्पिक हुन् । अहिलेको अवस्थामा २० जना नै एआईजीका दाबेदार हुन् ।आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआई

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • १२४ पटक पढिएको
  • प्रेमिका हत्या गरेको अभियोगमा युवक पक्राउ

    सिरहा,फागुन २३ गते – आफ्नै प्रेमिकाको हत्या अभियोगमा सिरहा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । सिरहाको कर्जन्हा नपा ७ प्रेमनगरका २३ वर्षिय अमर राउतलाई आफ्नै प्रेमीका काठमाडौं नपा – २० जैशिदेवल बस्ने २२ वर्षिय पूजा सिंह भन्ने पूजा कुमारी पोदारको हत्या अभियोगमा प्रक्राउ परेको हो ।राउतले साथीहरुको सहयोगमा पूजालाई फागुन १६ गते कर्जन्हा ७ कै कमला नदीकिनारमा रहेको खर (काँस) घारीमा घाँटी थिचेर हत्या गरेको स्विकारेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बैदेशिक रोजगारीमा कतारमा रहेकाबेला राउत पूजासँग समाजिक सञ्जाल फेसबुकको माध्यमबाट चिनजान हुँदै प्रेममा परेको बताइएको छ । माघ १० गते कतारबाट

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • १४२ पटक पढिएको
  • मध्यमा परिक्रमा तीर्थयात्री आज जलेश्वरमा

    सिरहा,फागुन २३ गते – मिथिला मध्यमा परिक्रमाका यात्रीहरु सोमबार जलेश्वर पुग्ने भएका छन् ।मिथिला बिहारी तथा किशोरीजी को डोला सहित नेपाल भारतका सयौं संख्यामा रहेका यात्रुहरु परिक्रमामा सहभागी रहेका हुन्छन । यात्राको तेस्रो दिन भारतको बिहार राज्यमा पर्ने मधुवनी जिल्लाको फुलहर (गिरिजास्थान)मा रात्रि विश्राम गरेका यात्री शनिबार चौथौं दिन महोत्तरीको भारतीय सीमावर्ती मटिहानी पुगेका थिए । यस अघि विहीबार धनुषाको ठेराकचुरीबाट यात्रा सुरु गरेका मध्यमा परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी र भारतको मधुवनीको कल्याणेश्वर (कलना)मा पहिलो र दोस्रो दिनको रात्रि विश्राम गरिसकेका छन् । मटिहानी प्रवेश गरेका

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • १८८ पटक पढिएको
  • युट्युब च्यानल अब दर्ता गर्नुपर्ने, शुल्क पाँच लाख

    काठमाडौं,फागुन २३ गते –  सरकारले अनलाइन टिभीहरुले इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ। युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएको व्यापक गुनासा आएपछि सरकारले इजाजत लिएरमात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावली एघारौं संशोधन गर्दै युट्युबलगायत इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो। युट्युब सञ्चालन गर्न ५ लाख रुपैँया चाहिने र इजाजत लिनुअघि उपभोक्ताको उमेर बर्गीकरण गर्नुपर्ने नियमावलीमा उल्लेख छ।बालबालिका र सबै उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई ’यु’ रेटिङ, १० वर

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • १८५ पटक पढिएको
  • विद्यार्थी बलात्कार गर्ने शिक्षक पक्राउ

    सिरहा,फाल्गुन २३ गते । अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थी आफैले पढाउने शिक्षकबाट पटक पटक बलात्कारको शिकार हुनुपरेको रहस्य खुलेको छ ।  अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले विद्यालय र ती शिक्षकको नाम गोप्य राख्दै सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार  जिल्लाको मालारानी गाउँपालिकाका २७ वर्षीय ती शिक्षकले १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको रहस्य खुलेको हो ।   त्यहाँका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले उक्त दिन निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोपटक जबरजस्ती करणी गरेको जानकारी दिए । त्यसपछि पनि उनले पटकपटक बलात्कार गरेको प्रहरी

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • १५६ पटक पढिएको
  • श्रीमती हत्याको आरोपमा पक्राउ

    सिरहा, फाल्गुन २२ गते । प्रेम गरेर विवाह बन्धनमा बाँधिएको महिना नबित्दै श्रीमतीलाई हत्या गरेको आरोपमा सिरहा कर्जन्हा ७ का राम नरेश रउतको छोरा २३ वर्षीय अमर राउतलाई प्रहरीले पक्राउ गरेको छ । आज सिरहा प्रहरीले आज आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोप लागेका राउतलाई सार्वजनिक गरेका हुन् ।  कर्जन्हा नगरपालिका वडा नं.७ स्थित कमला नदी किनारको काँस घारीमा काठमाडौंको जैशी देवलकी २२ वर्षीय छोरी पूजा कुमारी पौदारको शव मंगलबार फेला परेको हो । वैदेशिक रोजगारीमा रहेका अमर र पूजाको सामाजिक संजालमार्फत् चिनजान भई एक वर्षदेखि प्रेम झांगिंदै गएपछि राउत नेपाल फर्किएपछि पूजासँग आ आफ्नो परिवारलाई जानकार

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • ३०१ पटक पढिएको
  • दमौलीको आगलागी नियन्त्रणमा

    तनहुँ,फागुन २२ गते – दमौली बजारस्थित भोलेटार चोकमा लागेको आगो नियन्त्रणमा आएको छ। करिब ५ घन्टापछि आगो नियन्त्रणमा आएको हो। ब्यास नगरपालिका ४ स्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर आगलागी भएको थियो।  आगो लागेको थाहा पाउने वित्तिकै जनप्रतिनिधि एवं नेपाल सरकारका श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) दमौली पुगेका थिए। आगलागी नियन्त्रणका लागि काठमाडौंमाबाट सिम्रिक एयरको हेलिकोप्टर दमौली गएको थियो। फायर फाइटिङसहितको सिम्रिक एयरको ९ एन ए जे जेड कलसाइनको सिम्रिक एयरको हेलिकोप्टरका चालकमा सुरेन्द्र पौडेल र राजेन्द्र दुवाल थिए। हेलिकोप्टरले स्थानीय मादी खोलाबाट 

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • १५६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२