सिरहा,फागुन २६ गते – नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर बहादुर देउवा वीरगन्ज आइपुगेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन र महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न यहाँ आइपुगेका हुन् । नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा वीरगन्ज आएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन तथा महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा वीरगन्ज आएपछि यो अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समितिले निर्धारित कार्यक्रमभन्दा पहिले प्रधानमन्त्रीकै सहभागितामा भर्खरै सम्पन्न कांग्रेस जिल्ला कार्य समितिका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाण पत्र वितरण तथा पदस्थापन समारोह आयोजना गरेको छ । प्रधानमन्त्री देउवाले यो कार्यक्रममा पार्टीका नेता कार्यकर्तालाई पहिले सम्वोधन गर्ने छन् ।
यो कार्यक्रम पछि मात्र प्रधानमन्त्री देउवाले नेपालको राजधानी काठमाडौं बाहिर पहिलो पटक हुन लागेको नेपाल घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन उद्घाटन गर्न जाने छन् । प्रधानमन्त्री देउवा वीरगन्जमा रहेको नेपाली सेनाको व्यारेकमा लैण्ड गरी नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रम स्थलमा आइसकेका छन् । प्रधानमन्त्री आएपछि नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता कार्यक्रम स्थलमा दियालो होटलको सभाहलमा ठूलो संख्यामा उपस्थित भएका छन्




















