सिरहा,फागुन २६ गते – सुनको मूल्य एकैदिन तोलामा तीन हजार ५०० रुपैयाँले घटेको छ ।
बुधबार नयाँ रेकर्ड बनाउँदै एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज (बिहीबार) एक लाख दुई हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन एक लाख दुई हजारमा कारोबार हुँदा तेजावी सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार एक लाख पाँच हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य तीन हजार ५०० रुपैयाँले घटेको हो ।सुनसँगै आज चाँदीको मूल्य पनि एकैदिन ४५ रुपैयाँले घटेको छ । बुधबार तोलाको एक हजार ४५० मा कारोबार भएको चाँदी आज एक हजार ४०५ मा कारोबार भइरहेको सुन चाँदी व्यावसायिक महासंघले जनाएको छ




















