सिरहा,फागुन २५ गते – ११२ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई फागुन २४ गते १२ बुँदे ज्ञापनपत्र बुझाइएको छ ।ओरेक, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, इन्सेक, मुक्ति नेपाल, दलित जनकल्याण युवा क्लब, समग्र जनउत्थान केन्द्र, अपाङ्ग पुनस्र्थापना केन्द्र, एम्नेष्टिी इन्टरनेशनल, आप्रवासी हकहित सञ्जाललगायत संघसंस्थाले सिरहाका प्रमुख जिल्ला अधिकारी कवारीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा नेपालमा सिरहाजिल्लाका १७ वटै स्थानीयतहरुमाश्रमिक डेस्क संचालन कार्यबिधि⁄निर्देशिका सहितको श्रम डेस्क स्थापना, हालको
सिरहा,फाल्गुन २५ गते – समाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुनिश्चिता नाराका साथ सिरहाको बिभिन्न स्थानमा ११२ औं अन्तराष्ट्रि श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् । ल्हान नगरपालिका बालबालिका तथा जेयष्ठ नागरिक शाखाको आयोजना तथा ओरेक, दलित जन कल्याण युवाक्लव, समग्र जन उत्थान केन्द्र, मुक्ति नेपाल, इन्सेक लगायत संस्थाको संयुक्त सहकार्यमा समाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुनिश्चिता विषयक अन्तरक्रिया तथा र्याली सम्पन्न भएको छ । लहानको पशुपति माविको प्राङ्गगनबाट आरम्भ भएको र्याली लहान नगरपालिकाको सभा हलमा गई अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । लहा
सिरहा, फागुन २४ गते – सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार पाँच सयले बढेर एक लाख पाँच हजार पाँच सय पुगेको छ ।केही दिनदेखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तोकिएको छ ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४० रुपियाँले बढेर एक हजार ४५० पुगेको महासङ्घले जनाएको छ । महास
सुर्खेत,फागुन २५ गते – प्रदेश राजधानी वीरेन्द्रनगरको सुर्खेत विमानस्थल विस्तार प्रक्रिया अन्ततः खारेज भएको छ । प्रदेश सरकार, नागरिक उड्डयन प्राधिकरण, जनप्रतिनिधि र स्थानीयबीच भएको छलफलमा सुर्खेत विमानस्थलको विस्तार प्रक्रिया सधैँका लागि खारेज गर्ने सहमति भएको हो ।हाल एक हजार २५५ मिटर लम्बाइ रहेको सुर्खेत विमानस्थलको धावनमार्ग तीन सय मिटर थप गर्ने प्रक्रिया अगाडि बढेको थियो ।धावनमार्ग छोटो हुँदा ठूला विमान आउन नसक्दा भाडा महँगो भएको र हवाई यातायात अनियमित भएको भन्दै तीन सय मिटर थप गरी धावनमार्ग एक हजार ५५५ मिटर बनाउने प्रक्रिया अगाडि बढेको थियो । धावनमार्ग विस्तार गर्दा विद्यालयसहित सयौँ
काठमाडौं, फागुन २५ गते – नेपाल कम्युनिस्ट पार्टी ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि हरियो रङको मतपत्र छाप्ने तयारी गरेकोप्रति आपत्ति जनाउनुभएको छ ।अखिल नेपाल महिला सङ्घद्वारा मङ्गलबार राजधानीमा आयोजित ११२औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसमा अध्यक्ष ओलीले कुन आधारमा हरियो रङको मतपत्र छाप्ने निर्णय गरियो भन्ने प्रश्न गर्नुभयो । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भन्नुभयो, “निर्वाचन आयोगले मत पत्रमा हरियो रङ राख्ने भयो रे, मिडियाबाट यो थाहा पाएको हुँ । यदि हो भने कुन हिसाबले राख्ने रु “सबैतिर रुखैरुख देखून् भनेर हरियो राख्ने हो रु यदि निर्वाचन आयोगले त्यस
सर्लाही, फागुन २५ गते – उखु अभाव भएपछि सर्लाहीका दुईवटा चिनी उद्योग यो वर्ष बेलैमा बन्द भएका छन् । जिल्लाको महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल छोटो समय सञ्चालन भएर बन्द भएका हुन् । भारतीय सीमावर्ती क्षेत्र नजिकै रहेको महालक्ष्मी चिनी उद्योग बगदह यो वर्ष आठ लाख ३८ हजार क्विन्टल उखु पेलेर सोमबारदेखि बन्द गरिएको उद्योगका उखु प्रबन्धक सियाराम साहले जानकारी दिनुभयो ।उद्योगले यो वर्ष १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको भए पनि उखु नपाएपछि लक्ष्य पूरा नभई उद्योग बन्द गर्नुपरेको उद्योगका उखु प्रबन्धक साहले बताउनुभयो । उद्योगले माघ १६ गतेसम्म किसानबाट खरिद गरिएको उखुको भ
पर्सा,फागुन २५ गते – पर्साको जगरनाथपुरमा निःशुल्क आँखा शल्यक्रिया शिविरआयोजना गरिएको छ ।‘नेत्रदान जीवनदान’ नाराका साथ आयोजना गरिएको सो शिविरमा नेपाल र भारतका १ सय ३४ जना ज्येष्ठ नागरिकहरुको आँखाको उपचार गरिएको छ । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग, नेत्र ज्योति संघ र जगरनाथपुर गाउंपालिकाको आयोजनामा संचालित सात दिने निःशुल्क आँखा शिविरमा निःशुल्क औषधि वितरण समेत गरिएको छ । उपचार गराएका मध्ये मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया पनि गरिएको छ ।शिविरमा भरतपुर आँखा अस्पतालका डाक्टर पुष्पा गिरी श्रेष्ठले सोमबार को दिन १सय ३४ जना को आँखा को शल्यक्रिया गरेकी छिन् । शिविर बुधबार सम्म शिवि
तुलसीपुर,फागुन २५ गते – कात्तिक मङ्सिरमा मह उत्पादन कम भएर मर्कामा परेका किसानलाई यस पटकको फागुने तोरीले भने राहत दिएको छ । यो वर्ष पानी धेरै परेकाले यहाँ तोरी बाली फस्टाएको छ । यस क्षेत्रका अधिकांश किसानले तोरी खेती गरेकाले मह उत्पादन वृद्वि भएको हो ।दुई दशकदेखि मौरीपालन व्यवसाय गर्दै आउनुभएका तुलसीपुर उपमहानगरपालिका–७ का किसान चेतमान भण्डारीले अघिल्लो वर्षको तुलनामा यो वर्ष मह उत्पादन दोब्बर हुने बताउनुभयो । यो वर्ष फागुनको तेस्रो सातासम्म प्रतिघार ४० केजी मह उत्पादन भइसकेको छ । अझै तोरीबाटै एक पटक र चैत वैशाखमा महिनामा चिउरी, रुदिलोबाट एकपटक मह काढ्न सकिने भण्डारीले बताउनुभयो, उहाँसँग
सिरहा,फागुन २५ गते – डिभिजन वन कार्यालय धनुषाले अवैध सालको काठ बरामद गरेको छ ।वन कार्यालय धनुषाले सोमबार अबेर साँझ पाँच ट्रयाक्टर अवैध सालको काठ बरामद गरेको जनाएको छ । वन कार्यालयले धनुषाधाम नगरपालिका–६ मालटोलको खेतबारीमा लुकाएर राखेको अवस्थामा पाँच ट्रयाक्टर अवैध सालको काठ बरामद गरेको हो । धनुषाका डिभिजनल प्रमुख सुनिल कुमार कर्णका अनुसारे २५५.०९ क्यूफिट काठ बरामद गरिएको छ । जसमा १ सय ८१ थान गोलिया र चार थान चिरान गरी १ सय ८५ थान काठ रहेको छ । वन कार्यालय धनुषाले पहिलो पटक यति ठूलो मात्रा अवैध सालको काठ बरामद गरेको छ । वन कर्मचारी, जनपद प्रहरी, शसस्त्र प्रहरी र स्थानीय सामुदायिक वन उपभोक
सिरहा,फाल्गुन २५ गते । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश भेला बुधबार हुँदैछ । ललितपुरको गोदावरीमा प्रदेश परिषदको विस्तारित बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमसहितको भेला हुन लागेको हो ।भेलाको अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लक्ष्मण खड्काले जानकारी दिए । आगामी वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनको तयारीस्वरुप बागमती प्रदेशको भेला राखिएको हो । भेलाबाट चुनावी योजनाका साथै पार्टीलाई चलायमान बनाउने सन्दर्भमा महत्वपूर्ण निर्णय लिइने बताइएको छ ।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.