सिरहा,फागुन २७ गते – नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ ।

साताको अन्तिम दिन शुक्रबार सुन तोलामा ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।