काठमाडौं,फगुन २७ गते –  नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका– ९ नवलडाँडा स्थायी वतन भएकी २८ वर्षीया जेनिशा नगरकोटीको धारिलो हतियार चक्कुले घाँटी रेटी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका– १० थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका(२ भकुण्डेवेशी घर भएका ४४ वर्षीय रमेश भन्ने कुमार लामा र  भक्तपुर नगरपालिका– ८ महेश्वरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका(४ चौवास घर भएका ३८ वर्षीय नवराज रिजाल रहेका छन् ।  चाँगुनारायण नगरपालिका– ७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टहराभित्र घाँटी रेटी हत्या भएको अवस्थामा गत सोमबार जेनिशा नगरकोटीको शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरू उपर भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।