काठमाडौं,फागुन २७ गते –  महानगरपालिका– १६ माछापोखराबाट राज कुमार तामाङको सुन(चाँदीका गर(गहना लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका– ३ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

राज कुमारको सुन(चाँदीका गर(गहना लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न ती किशोरलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १ तोला सुनको मंगल सुत्र, १ थान चाँदीको ब्रासलेट र १ थान रातो पोते माला प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।