काठमाडौं, चैत १७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले गाउँपालिका अध्यक्ष खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध चार करोड २१ लाख ७०६ रुपियाँ बिगो मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।आयोगका अनुसार तत्कालीन प्रशासकीय अधिकृत न्यौपानेपविरुद्ध एक करोड १२ लाख ८२ हजार १७८ रुपियाँ, तत्कालिन लेखापाल दूर्गाबहादुर डिम्दाङ तामाङविरुद्ध एक करोड २६ लाख ७५ हजार ५३०रुपिय
धनुषा, चैत १७ गते । आज दिउसो ल्क्ष्मीनिया जाँदैगरेको प्र–२– ०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकल लाई ठक्कर दिँदा क्षीरेश्वरनाथ नगरपालीका १ निवासी ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको छ ।जनकपुरतर्फ आउँदैगरेको लामिछानेलाई बिपरित दिशाबाट आउँदैगरेको बस खाद्य संस्थाको अगाडि ठक्कर दिएको धनुषा ट्राफिक कार्यालयका प्रमुख एवम् प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । लामिछानेको घटनास्थलमै मृत्यु भएको थियो ।शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । ठक्कर दिएको बसचालक फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीको भनाई छ ।
सर्लाही, चैत १७ गते। सर्लाहीको राजघाटमा क्रेनको ठक्करबाट विद्यालय जाँदै गरेकी छात्राको मृत्यु भएपछि स्थानीयले क्रेनमा आगजनी गरेका छन्। बिहीबार दिउँसो बागमती नगरपालिका–७ राजघाटस्थित घरबाट नव जनजागरण माविमा अध्ययनका लागि साइकलमा जाँदै गर्नुभएकी स्थानीय रविलाल परियारकी छोरी सुमित्रा परियारलाई विपरीत दिशाबाट आइरहेको क्रेनले ठक्कर दिएको हो।क्रेनको ठक्करबाट सुमित्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। कक्षा ११ मा अध्ययन गर्ने सुमित्रासँगै उहाँकी भाउजू पनि साइकलमै विद्यालय हिँड्नुभएको थियो।स्थानीयले दुर्घटनामा सुमित्रालाई चोट लागेको देखेपछि क्रेन चालकले पुनः ठक्कर दिएको आरोप लगाएका छन्। अहिले
स्याङ्जा, चैत १७ गते । किर्ते गरी नेपाली नागरिकता सिफारिस गरेको आरोपमा वडा अध्यक्षसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । किर्ते गरी नागरिकता सिफारीस गरेको आरोपमा यहाँको आधिखोला गाउँपालिका ३ का वडाअध्यक्ष बिष्णु खत्री, नागरिकता लिनेका बाबु कृष्णप्रसाद पौडेल, आमा सीता पौडेल र किर्ते कामका योजनाकार नवराज पौडेललाई प्रहरीले प्रक्राउ गरेको हो ।आँधीखोला ३ घर भई मुचुल्कामा सहिछाप भएका ३४ बर्षिय प्रेमनारायण रेग्मी, २१ बर्षिय बिष्णु पौडेल, ४७ बर्षिय पबित्रा रेग्मी, ४२ बर्षिय देबी रेग्मी, ४२ बर्षिय टेकनाथ पौडेलले नेपाली नागरिकता प्रमाणपत्रका लागि वडाको मुचुल्कामा किर्ते सही गरिएको भन्दै कारवाहीको माग
सप्तरी चैत १७ गते । सप्तरीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी महादेवा गाउँपालिका २ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डल रहेका छन् ।मण्डलले विभिन्न व्यक्तिहरुलाई म्यादीमा लगाइदिने आश्वासन दिएर ठगी गरेको प्रहरीको आरोप छ । सोही आरोप मण्डललाई पक्राउ गरिएको सप्तरी प्रहरीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भैरहेको उनले बताए ।
सिरहा,चैत १६ गते । गोलवजारबाट नियन्त्रित लागूऔषध ६ सय ट्याब्लेट नाईट्राभेट र इन्जेक्सन सहित सोमबार बिहान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका ५ बस्ने ३२ वर्र्षीय अरूण कुमार साहलाई आफ्नै घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागूऔषध, इन्जेक्सन लगायतका सामान फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका साह माथि आवश्यक अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका लागि आवश्यक तयारी भइरहेको हो । स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी खटाइँदै छ । यसैगरी म्यादी प्रहरी पनि भर्ना गरेर खटाइँदै छ ।प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार नेपाल प्रहरीबाट ६२ हजार बढी प्रहरी खटाइँदै छ । यस्तै, म्यादी प्रहरी १ लाख खट्नेछन् । सशस्त्र प्रहरीबाट ३२ हजार, सेनाबाट ७० हजार सुरक्षाक
जनकपुरधाम,चैत १६ गते । मधेस प्रदेश सरकारले प्रदेशमा कर्मचारीको दरबन्दी थपेको छ । सरकारले करिब १६ सय बढी कर्मचारीको दरबन्दी थप गरेको हो ।०७८ माघ ६ गते मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा मुख्यमन्त्रीस्तरीय निर्णयबाट गठित प्रदेश संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले सोमबार मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन हस्तान्तरण गरेको छ।प्रदेशमा हाल ३१५८ दरबन्दी कायम रहेकोमा त्यसलाई बढाएर नयाँ प्रतिवेदनले ४७९३ पुर्याएको समितिका संयोजक दीपेन्द्र झाले हस्तान्तरण समारोहमा बताए । उनले प्रतिवेदन तयारीमा प्रदेश सरकारको एक रुपैयाँ पनि खर्च नभएको समेत बताए ।सोही समितिले प्रदेश निजामती नियमावलीसमेत
सिरहा,चैत १६ गते । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले पनि चाजोपाँजो मिलाएको हो ।जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार मतपत्र छपाइ स्थलमा नेपाली सेनाको टोली आज आउँदैछ । उनका अनुसार मतपत्र छपाइ स्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुनेछ । प्रवेश स्थलमा सेनाले जाँच गर्नेछ । हाल जनक शिक्षामा कायम सिसिटिभी क्यामेरा पनि थप हुनेछ । तर, कहाँ(क
ढल्केवर, चैत १५ गते । धनुषा जिल्लामा यसपाली गहुँ उत्पादनमा कमी आउने देखिएको छ । गत माघमा आवश्यकताभन्दा बढी परेको हिउँदे वर्षासँगै रासायनिक मल अभावका कारण हिउँदे बालीको रूपमा लगाइने गहुँ उत्पादनमा यस वर्ष कमी आउने कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले बताउनुभयो ।जिल्लामा अघिल्लो वर्ष ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट एक लाख आठ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । तर यसवर्ष रासायनिक मलको अभाव र हिउँदे वर्षाले गहुँ बालीलाई क्षति पु¥याएका कारण घटेर एक लाख दुई हजार मेट्रिक टन मात्र गहुँ उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख साहले बताउनुभयो ।यद्यपि उहाँले गहुँ बाली
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.